२७ आश्विन २०८१, आईतवार
भारतमा ग्यास बिस्फोट : बझाङका एकै परिबारका पाँच जनाको ज्यान गयो।
बेङ्लोरमा खाना पकाउने ग्याँस बिस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिबारका पाँच जनाको मृत्यु भएको छ।
कर्नाटका राज्यको ऎहलंका भन्ने ठाउँमा भएको उक्त बिस्फोटमा परि घाइते हुनेमा जयपृथ्वी नगरपालिका ११ सुईलका मदन बोहरा ,उहाँकै श्रीमति प्रेमजला बोहरा ,छोरा प्रशान्त बोहरा ,छोरी अनिता बोहोरा र कान्छा छोरि निता बोहोराको गएराती उपचारका क्रममा मृत्यु भएको उहाँका आफन्तले जानकारी दिनुभएको छ।
गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस बिस्फोट भएको थियो । घटना लगतै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । झ्याल नभएको कोठामा बसिरहेका उनिहरुको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।
न्युन आर्थिक अवस्थाका ३२ वर्षीिय मदन गाउँमा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवार सहित भारतमा बस्दै आएका थिए । मदन बेङलुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीहरुलाई त्यहीको स्थानीय विद्यालयमा पढाइरहेका थिए ।