शान्ति माध्यामिक बिधालय पाराकाट्नेका छात्रामा देखा पर्यो कक्षा कोठामै बेहोस हुने समस्या

सेयर गरौं

शान्ति माध्यामिक बिधालय पाराकाट्नेका छात्रामा मुर्छा पर्ने समस्या देखा परेको छ । अज्ञात रोगका कारण थलारा गाउँ पालिका वडा नम्बर ३ स्थित शान्ति मा.बि पाराकाट्नेका छात्राहरु कक्षा कोठामै मुर्छा पर्ने गरेका बिधालयले जनाएको छ ।
आजसम्म ५ जना छात्राहरु कक्षा कोठामै मुर्छा परेका शान्ति मा बि का शिक्षक नर बहादुर भण्डारी (नबप्रगतीले)जानकारी दिनु भयो ।
छात्रा हरुमा मुर्छा पर्ने,दाँत लाग्ने,भिडमा बढी हुने,
होस नहुने,होस भएको बेला रुने कराउने,केही समयपछि आफै राम्रो हुने र एउटालाई हुँदा अरुलाई सर्ने लक्षण देखा परेको शिक्षक भण्डारीले बताउनुभयो ।
पटक पटक बिधालयमा यो समस्या देखापर्ने गरेकाले पठनपाठनमा समेत समस्या हुने गरेको छ । बिधालय नजिकै मन्दिर भएकाले कसैले देवता लागेको भन्छन त कतिपयले भुतलागेको भन्ने गरेकाछन हामी त अल्मलमाछौ शिक्षक भण्डारीले भन्नू भयो यो समस्या समाधान गर्न गाउँ पालिकाले बिशेषज्ञ डाक्टर बिधालयमा पठाउनु पर्छ ।
केही दिन अघि पाराकाट्ने स्वास्थ चौकीका ईन्चार्ज तुलसी पाण्डे र थलारा आयुर्वेद औषधालयको टोली बिधालयमा गएको र मास हिस्ट्रीयाका लक्षण भएको र योग गर्न सल्लाह दिएको थियो ।

IMG 20240609 140849 1


अज्ञात रोगले छात्रा हरु बेहोस हुन थालेपछि बिधालय परिवार चिन्तित बनेको छ । रोग पत्ता लगाई समस्या समाधान गरिदिन बिधालयले सम्बन्धित पक्षसँग माग गरेको छ ।
यस अघि पनि बझाङका साईपाल गाउँ पालिकाका बिधालयका छात्रामा पनि यो समस्या देखा परेको थियो पछि बिशेषज्ञ डाक्टरको टोली त्यहाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
5
पदम खड्का
पदम खड्का
Articles: 269