विपद न्यूनीकरणको अभ्यास देखाइरहेका शशस्त्र प्रहरी जवानको सेती नदीमा डुबेर मृत्यु

सेयर गरौं

बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास(सिमुलेशन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ ।

जिल्लाकै केदारस्युँ गाउँपालिका–७ घर भएका शशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामीलाई जिल्ला अस्पताल बझाङले मृत घोषणा गरेको हो ।

सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेका थिए । बेहोस अवस्थामा फेला परेका उनीलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245