२६ कार्तिक २०८१, सोमबार
शान्ति माध्यामिक बिधालय पाराकाट्नेका मुर्छा पर्ने समस्या भएका छात्रालाई परामर्श सेवा दिईयो ।
शान्ति माध्यामिक बिधालय पाराकाट्नेका मुर्छा पर्ने समस्या भएका छात्रालाई परामर्श सेवा दिईएको छ
युएमएन दलित सहयोग समाज मानसिक परियोजनाले परामर्श सेवा दिएको हो ।
आईतवार शान्ति माध्यामिक बिधालय पाराकाट्नेका मुर्छा पर्ने छात्राहरुलाई मानसिक परामर्श सेवा र सम्पूर्ण शिक्षकहरू लाई रुपान्तरित बिकृति सम्बन्धि अभिमुखिकरण गरिएको युएमएन दलित सहयोग समाज मानसिक स्वास्थ परियोजना संयोजक बिस्ना बमले जानकारी दिनु भयो ।
शान्ति माध्यामिक बिधालय पाराकाट्नेका छात्रा हरुमा मुर्छा पर्ने समस्या देखा परेको समाचार आएपछि परियोजना संयोजक बम लगायतको टिम बिधालय पुगेको हो ।
टोलीले छात्राहरु मुर्छा पर्ने कारण देवी देवता र भुतप्रेत नभई विभिन्न मानसिक तनाव भएकोले
समस्या ग्रस्त छात्रालाई राम्रो ब्यबहार देखाउनु पर्ने परामर्श दिईएको थियो ।
छात्रा हरुमा मुर्छा पर्ने,दाँत लाग्ने,भिडमा बढी हुने,
होस नहुने,होस भएको बेला रुने कराउने,केही समयपछि आफै राम्रो हुने र एउटालाई हुँदा अरुलाई सर्ने लक्षण देखा परेको थियोे ।
अज्ञात रोगले छात्रा हरु बेहोस हुन थालेपछि बिधालय परिवार चिन्तित बनेको छ । रोग पत्ता लगाई समस्या समाधान गरिदिन बिधालयले सम्बन्धित पक्षसँग माग गरेको छ ।
यस अघि पनि बझाङका साईपाल गाउँ पालिकाका बिधालयका छात्रामा पनि यो समस्या देखा परेको थियो पछि बिशेषज्ञ डाक्टरको टोली त्यहाँ पुगेको थियो ।