थलारा गाउँ पालिकाले दियो ६ -१२ अंग्रेजी बिषय शिक्षकलाई तीन दिने तालिम

सेयर गरौं

थलारा गाउँ पालिकामा तीन दिने ६ -१२ अंग्रेजी बिषय शिक्षक तालिम सुरु भएको छ ।
थलारा गाउँ पालिका शिक्षा शाखाको आयोजनामा अंग्रेजी बिज्ञ प्रशिक्षकद्वारा तीन दिने तालिम सुरु भएको हो ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले तालिमको उद्घाटन गर्नु भएको हो ।उद्घाटन समारोहमा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत शिद्वराज पण्डित शिक्षा संयोजक हर्क बहादुर रोकाया लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम सञ्चालन शिक्षा सहायक रायभान ओलीले गर्नु भएको थियोे भने प्रास जानुका खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो ।
तालिममा थलारा गाउँ पालिका भित्रका ६-१२ कक्षा पढाउने २१ जना अंग्रेजी विषय शिक्षकको सहभागिता रहेको रहेको छ ।
सहभागीलाई काठमाडौ विश्वबिधालयका अंग्रेजी बिज्ञ प्रशिक्षक मणिराम शर्माले प्रशिक्षण दिई रहनु भएको छ ।तालिम जेठ ३० गतेसम्म चल्ने थलारा गाउँ पालिका शिक्षा शाखा संयोजक हर्क बहादुर रोकायाले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 163