नेपालीसमेत बस्ने कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु

सेयर गरौं

कुवेतको मङ्गाफ शहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । 

कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले भीषण आगलागीको भएको र घटनामा कम्तीमा ४० जनाको मृत्यु भएको पुष्टि गरेका बीबीसीले जनाएको छ । 

यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्ने गरे पनि मृतकहरू कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन ।

कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । भवनमा नेपालीहरू पनि बस्ने गरेका थिए ।

कुवेतस्थित नेपाली राजदूतावासले आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा यकिन विवरण प्राप्त नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346