थलारा गाउँ पालिकामा तीन दिने ६ -१२ अंग्रेजी बिषय शिक्षक तालिम सम्पन्न

सेयर गरौं


तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दै
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले तालिममा सिकेको कुरा वाटोमा नछोडेर बिधालयमा पुर्‍याउन र कक्षाकोठामा बिधार्थीलाई सिकाउन सहभागी शिक्षकलाई अनुरोध गर्नु भयो ।
त्यस्तै उपाध्यक्ष राम ब खातीले सामुदायिक बिधालयमा अंग्रेजी गणित बिषयको जग कम्जोर छ भन्दै शिक्षा क्षेत्रमा देखिएको कम्जोर जग सुधार्न तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरेको धारणा राख्नु भयो ।

थलारा गाउँ पालिकामा तीन दिने ६ -१२ अंग्रेजी बिषय शिक्षक तालिम सम्पन्न भएको छ ।
थलारा गाउँ पालिका शिक्षा शाखाले आयोजना गरेको अंग्रेजी बिज्ञ प्रशिक्षकद्वारा दिईएको तीन दिने तालिम आज सम्पन्न भएको हो ।


प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले सामुदायिक बिधालयको शैक्षिक सुधार गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनु भयो साथै उनले पहिलो प्रयासका रुपमा अंग्रेजी विषयका शिक्षकका लागि तीन दिने तालिम आयोजना भएपनि प्रयाप्त होइन एक महिना सम्म गर्न पाए झन राम्रो हुने थियो भन्दै फेरि पनि यस्ता तालिम आयोजना गरिेने भन्दै सिकेको कुरा लागू गर्न तालिममा सहभागी शिक्षकहरुसंग अनुरोध गर्नु भयो
सहभागी शिक्षक शिक्षिकाको तर्फबाट प्रतिक्रिया दिदै अम्मर धामी र संगिता चौधरीले तालिम अबधि छोटोे भए पनि एकदमै उपलब्धिमूलक भएको बताउनुभयो ।

IMG20240612124748


समापन समारोह थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती प्रमुख प्रशासकीय अधिकृत शिद्वराज पण्डित शिक्षा संयोजक हर्क बहादुर रोकाया शिक्षा सहायक रायभान ओली अतिथि रहनु भएको थियो ।कार्यक्रम सञ्चालन प्रास जानुका खड्काले गर्नु भएको थियो ।
तालिममा थलारा गाउँ पालिका भित्रका ६-१२ कक्षा पढाउने २१ जना अंग्रेजी विषय शिक्षकको सहभागिता रहेको रहेको थियो ।
सहभागीलाई काठमाडौ विश्वबिधालयका अंग्रेजी बिज्ञ प्रशिक्षक मणिराम शर्माले प्रशिक्षण दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 168