२४ माघ २०८१, बिहीबार

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, दुई घाइते
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार गएराति पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।
यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएको उनले बताए । बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1