थलारा गाउँ पालिकामा बादी समुदायका लागि ३ दिने माटाको भाडा बनाउने तालिम सञ्चालन

सेयर गरौं

थलारा गाउँ पालिकामा ३ दिने माटाको भाडा बनाउने तालिम सञ्चालन गरिएको छ ।थलारा गाउँ पालिका उधोगशाखाको आयोजनामा बादि समुदायका लागि शनिबारदेखि तीन दिने माटोको भाडा बनाउने तालिम सुरु भएको हो ।
बादी समुदायले परम्परागत रुपमा गर्दै आएको माटोको भाडा बनाउने पेशालाई आधुनिकिकरण गरि रोजगारी सृजना गर्न तालिमको आयोजना गरिएको थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो । अध्यक्ष रोकायाले भन्नुभयो बादी समुदायले परम्परादेखि माटाका भाडाहरु बजाउँदै आएकाछन तर पेशालाई आधुनिकिकरण गर्न नसक्दा पेशा लोपहुने अवस्थामा पुगेको छ ।प्रयावरणलाई विगार्ने प्लास्टिकका भाडाहरुको प्रयोग बढ्दै गरेको छ । माटाका भाडाको प्रयोगले प्रयावरणपनि बिग्रिदैन । स्वास्थका हिसाबले पनि फाइदाजनक छ । बादी समुदायको पेशाको आधुनिकिकरण गरि रोजगारी सृजना गर्ने र बढ्दो प्लाष्टिकका भाडाको प्रयोग रोक्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा ७ जना बादी समुदायको सहभागिता रहेको छ ।सहभागीलाई माटोको गिलास,प्लेट, कप,बोतल गमला,हाडी,खुत्रुके बानाउन सिकाईने थलारा गाउँ पालिका उधोग शाखा प्रमुख कबिन्द्र बिष्टले बताउनुभयो ।

IMG20240616161956


उनका अनुसार मेसिनबाट माटो पेल्ने र माटाको भाडा बनाउने तालिम दिईदै छ ।सहभागीलाई नेपालगन्जका प्रशिक्षक जावेद अमदले माटाको भाडा बनाउने तालिम दिई रहनु भएको छ ।

थलारा गाउँ पालिका वडा नम्बर ५ खोलीका बादी समुदायले परम्परादेखि माटोको भाडा बनाउने पेशा अंगाल्दै आएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 214