छबिस पाथिभेरा गाउपालिका मा दक्ष मिस्त्रीहरूकालागि भुकम्प प्रतिराेधि भवन निर्माण सम्बन्धि ७ दिने तालिम सम्पन्न

सेयर गरौं

छबिस पाथिभेरा गाउपालिका मा दक्ष मिस्त्रीहरूकालागि भुकम्प प्रतिराेधि भवन निर्माण सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ ।USAIDकाे आर्थिक सहयाेग ,Save The Children र MPDS काे साझेदारिमा छबिस पाथिभेरा गाउपालिका मा BHA -ERDR Project अन्तर्गत छबिसपाथिभेरा गाउपालिकाका ७ वटै वडाका दक्ष मिस्त्रीहरूलाई भुकम्प प्रतिराेधि भवन निर्माण सम्बन्धि ७ दिने तालिम आईतवार सम्पन्न भएको हो । जेठ २८ गते बाट सन्चालन भएको तालिम २ गतेसम्म सन्चालन भएको थियो ।
तालिमकोआईतवार गाउपालिकाकाे हलमा बिधिवत सम्पन्न गरिएकाे छ। तालिम समापन समारोहमा गाउँ पालिका अध्यक्ष बसन्त बहादुर चलाउने प्रमुख अतिथि ,गाउपालिका उपाध्यक्ष लछिमन बाेहरा विशिष्ट अतिथि रहनु भएको थियो ।समापन कार्यक्रममा निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत गगन ऐडि, जयपृर्थिबि नगरपालिकाका ईन्जिनियर लाल बहादुर थापा गाउपालिका प्राबिधिक शाखा प्रमुख हिक्मत रावल लगायत गाउपालिका प्राबिधिक टिम अतिथि रहनु भएको थियो । उत्त तालिममा ७ वटै वडाका ४० जना दक्ष मिस्त्रि हरूकाे उपस्थिति रहेकाे थियाे । तालिमका सहभागीलाई जयपृर्थिबि नगरपालिकाका ईन्जिनियर लाल बहादुर थापा गाउपालिका प्राबिधिक शाखा प्रमुख हिक्मत रावल लगायत गाउपालिका प्राबिधिक टिमले सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314