बझाङको केदारस्युँ गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सेयर गरौं

सपना खाती, बझाङ ।

बझाङको केदारस्युँ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ आज केदारस्युँ गाउँपालिकालाइ पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

खोप लगाउने उमेर समूहका जन्मे देखि १५ महिना मुनिका ३७० बालबालिका र १६ देखि ५९ महिना सम्मका सहित जम्मा १ हजार ४ सय ५९ जना बालबालिका हरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको कार्यपत्र प्रस्तुत गदै स्वास्थ्य शाखाका प्रमुख कैलाश बलाएरले बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले स्वास्थ्य शाखाबाट केही जनगुनासाहरु नआउने भएकाले केही समस्या भए पालिकामा राख्नुहाेला र पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाइ बढि महत्वका साथ हेरी रहेको बताउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष मनिषा धामीले जनसमुदायका स्वास्थकर्मिहरुलाई आफ्नो जिम्मेवारी पूरा गर्नुहाेला र गर्नु हुनेछ भन्ने आशा पनि राख्दछु भनेर काम गर्ने समयमा सबैलाइ समस्या हुने गरेको भएपनि तर जनताबाट आएका समस्याहरुकाे समाधान गर्न तर्फ भने आफुहरू लागी पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरूले बालबालिका भोलिका कर्णधार भएकाले बालबालिकालाइ स्वस्थ राख्न स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने र खोप केन्द्रको समस्याबारे जनप्रतिनिधिहरूले अनुगमनको पाटो फराकिलो बनाउनुपर्ने धारण राखेका थिए । यता कार्यक्रमको समापनमा बाेल्दै गाउँपालिका गणेश बहादुर बाेहराले स्वास्थ्य कर्मीहरूले पनि स्वास्थ्य क्षेत्रमा आफु कतिको संवेदनशिल र दायित्व बोध गरेको छौ भन्ने बारेमा मनन् गर्नुपर्ने बताउनुभयो । आफुहरू सिकाइकै क्रममा रहेको भएपनि जनताबाट आएका सुझाब अनुसार काम गरीरहेको र शिक्षा र स्वास्थ्य क्षेत्रलाइ विशेष महत्वका साथ हेरेको भन्देै जनप्रतिनिधिले गर्नुपर्ने काम गर्दै जाने र कर्मचारीहरूले पनि प्रभावकारी भुमिका खेल्न आग्रह गर्नुभयो । साथै आगामी दिनमा खोप केन्द्रलाइ प्रभावकारी बनाउन पालिका लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष फागुन महिना नियमित खोपको घरभेटी सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको एकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । आगामी वर्षमा पनि पालिकाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोप सम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता सहित संयुक्त रूपमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष गणेश बहादुर बाेहराकाे अध्यक्षतामा सञ्चालन भएको आजकाे कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा रहनु भएको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष गणेश बहादुर बोहरा, प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय , वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य कर्मी ,स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य ,पत्रकार लगाएत अन्यकाे उपस्थिति रहेको थियो ।कार्यक्रम सञ्चालन केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी अम्मरराज बिष्टले गर्नुभएकाे थियाे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338