थलारा गाउँ पालिकामा ७ दिने साबुन उत्पादन सम्बन्धि  तालिम सम्पन्न ।

सेयर गरौं

थलारा गाउँ पालिकामा ७ दिने साबुन उत्पादन सम्बन्धि  तालिम सम्पन्न भएको छ ।
सिपसिकौ रोजगारी बनौ एक घर एक उधमी भन्ने नारा सहित वडा नम्बर ४ को महेन्द्रधारमा सञ्चालन भएको ७ दिने साबुन उत्पादन सम्बन्धि तालिम सोमबार सम्पन्न भएको हो  ।
थलारा गाउँ पालिका गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम मेड्पा अन्तरगत सञ्चालन भएको तालिमको आयोजना  थलारा गाउँ पालिका उधोग शाखा र प्रगतिशिल युवासमाज सृजना परियोजनाले गरेको हो ।तालिममा थलारा गाउँ पालिका वडा नम्बर १ र वडा नम्बर ४ का २५ जना सहभागी रहेका थिए ।
स्थानीय स्तरमा पाईने  सिस्नु पाउडर ,चिउरिकाे तेल, एलाेभेरा, ईनडाेकाे तेल ,पागर काे तेल र तिते पाति को कचापदाथ प्रयोग गरि नुहाउने, लुगा र भाडा धुने साबुन र सोडा बजाउन सिकाईएको थियो । 
तालिमको समापन थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाको प्रमुख आतिथ्यमा भएको थियो ।समापन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी, वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र जोशी प्रगतिशील युवा समाजसृजना परियोजनाका कार्यक्रम संयोजक बल बहादुर ओड थलारा गाउँ पालिका उधम शाखा प्रमुख कबिन्द्र बिष्ट लगायतका अतिथि रहनु भएको थियो ।
तालिमका क्रममा सहभागीले विभिन्न किसिमका ६ सय साबुन उत्पादन गरेको उधम शाखा प्रमुख कबिन्द्र बिष्टले बताउनु भयो । ७ दिने साबुन उत्पादन तालिम समापन कार्यक्रममा बोल्दै थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले सहभागी किसानले सिकेको सिप ब्यबाहारमा प्रयोग गरि साबुन उधम गरि जीबिकोपार्जन गर्ने आशा गाउँ पालिकाले गरेको धारणा ब्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 260