२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँ पालिकामा १ दिने पशुपंक्षी खोप सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न
थलारा गाउँ पालिकामा १ दिने पशुपंक्षी खोप सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला भेट्नरि अस्पताल पशु बिज्ञ केन्द्र बझाङ को आयोजनामा १ दिने पशुपंक्षी खोप सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।
खोप भनेको के हो खोप किन लगाउने भन्ने बारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला भेट्नरि अस्पताल पशुबिज्ञ केन्द्र बझाङका प्राबिधिक सहायक कर्ण खड्काले बताउनु भयो ।
प्राबिधिक सहायक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियो ।कार्यक्रममा बोल्दै थलारा गाउँ पालिका अध्यक्ष रोकायाले अनुदान पाउँदा सम्ममात्र पशुपाल्ने र अनुदान सकिएसंगै पशुपालन ब्यबसाय पनि सकिने प्रबृत्ति अन्त्य नभए सम्म ब्यबसाय नफष्टाउने भन्दै पशुधनको बिमा गर्न सहभागी पशुपालक ब्यबसायिहरुलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा जिल्ला भेट्नरि अस्पताल पशुबिज्ञ केन्द्र बझाङका नायब पशुसेवा प्राबिधिक कबिराज धामीले कार्यपत्र प्रश्तुत गर्दै लम्पीस्क्रिन,अफ्रिकन स्वाइनफ्लु, भ्यागत्ते खोरेत चर्चरे पिपिआर र रेविज रोगका लक्षण रोगथामका उपाए र खोपको मात्राका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी, कार्यपालिका सदस्य सुनिता गिरि रम्भा बिक लगायत अतिथि रहनु भएको थियो ।अभिमुखि करणमा ९ वटै वडाका अगुवा पशुपालक कृषकको सहभागीता रहेको थियो ।