युवाहरूले सृजनशील भएर सोच्नु पर्ने दुर्गाथली गाउँ पालिका अध्यक्ष थापाको भनाइ ।

सेयर गरौं

दुर्गाथली गाउँ पालिका अध्यक्ष दिल बहादुर थापा तुफानले युवाहरूले सृजनशील भएर सोच्नु पर्ने बताउनु भएको छ ।
बिहीबार दुर्गाथली गाउँ पालिकामा सृजनशील युवा समाजले आयोजना गरेको सामाजिक कुरीति बिरुद्ध युवा परिचालन सम्बन्धि अभिमुखिकरण उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले युवाहरू भोलिको नेतृत्व भएकोले आफ्नो जीवन र समाज कस्तो बनाउने कुरा युवाहरुकै काधमा भएको बताउनु भयो । साथै उनले साना साना कुराले ठुला ठुला कुराको जग बसाल्ने भन्दै युवाहरु सकारात्मक सोचकासाथ अगाडि बढे मात्र समाज परिवर्तन हुने धारणा राख्नुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि तथा दुर्गाथली गाउँ पालिका उपाध्यक्ष जनक बहादुर दौल्यालले समाजमा रहेका कुरीति अन्त्य गर्न युवाहरूको महत्त्वपूर्ण भुमिका रहने भन्दै युवाले गलत कुराको बिरुद्धमा आवाज उठाउनु पर्ने बताउनु भयो ।

1000006523

राष्ट्रिय युवा परिषदको सहयोगमा र दुर्गाथली गाउँ पालिकाको समन्वयममा कार्यक्रम सञ्चालन भएको हो ।

दुई दिने अभिमुखकरण कार्यक्रममा समाजमा ब्याप्त बालबिबाह,बहुबिबाह,छाउपडी प्रथा जस्ता कुरीति कुसंस्कार कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा अभिमुखिकरण गरिने कार्यक्रमका प्रशिक्षक तथा पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले जानकारी दिनुभयो ।

1000006525


कार्यक्रममा पालिका भित्रका युवाक्लब युथ भ‍ोलिन्टियरको सहभागीता रहेको छ । दुर्गाथली गाउँ पालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहारा नेपालका दिनेश रोकायाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 260