थलारा गाउँपालिकाको १३ औ गाउँ सभा सम्पन्न ५५ करोड ३४ लाख १८ हजारको बजेट प्रस्तुत

सेयर गरौं

थलारा गाउँपालिकाको १३ औं गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ । सोमबार पालिकाको सभाहलमा बिभिन्न नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँसभा तथा १३ औअधिवेशन सम्पन्न भएको हो ।
गाउँसभामा  गाउँसभा  अध्यक्ष तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । 
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले प्रतुत गर्नु भएको वार्षिक निति तथा कार्यक्रमा कृषि शिक्षा र पर्यटनलाई  पहिलो प्राथमिकतामा राखेको गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत  सिद्वराज पण्डितले जानकारी दिनु भएको छ।
पालिकाले  भौतिक र पर्यटनतर्फ खप्तडलाई लक्षित गरि झनाना पोखरी गाडाबाझ सडक, छडिभेल झरना देवलबाझ भगवती मन्दि,पर्यटन पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।
त्यस्तै शिक्षा तर्फ सानै छु म बढ्न देउ बालबिबाह हैन पढ्न देउ भन्ने नारा सहित छोरी कार्यक्रम, बुबा आमा गुमाएका  बालबालिकालाई उच्च शिक्षा निशुल्क, स्वास्थ तर्फ १० शैयाको अस्पताल यसै आर्थिक बर्षमा निर्माणकार्य सुरुगरिने, आखा उपचार केन्द्र स्थापना गर्ने लगायतका नीति लिएको छ ।
त्यस्तै कृषि तर्फ ब्यबसायिक खेती गर्ने किसानलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने, ५ लाख सम्म ऋण लिएका किसानको ब्याज मिनाहा गर्ने नीति लिएको गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो ।
आधारभुत आवश्यकता पुरा गर्न स्वच्छ खानेपानी आपुर्ति गर्न एक घर एक धारा निर्माण कार्यक्रमलाई निरन्तरता दिने, अल्लो प्रसोधन र औधोगिक ग्राम स्थापनागर्ने लगायतका निति तथा कार्यक्रम पालिकाले ल्याएको छ ।सभामा गाउँ सभा सदस्य पालिका कमर्चारी तथा पत्रकारको उपस्थिति रहेको थियो ।
सभामा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले आर्थिक वर्ष २०८१,/०८२  का लागि ५५ करोड ३४ लाख १८ हजार बजेट प्रस्तुत गर्नु भएको थियो     उनले प्रस्तुत गर्नु भएको बजेटमा संघिय सरकारबाट प्राप्त समानिकरण अनुुदान तर्फ १० करोड ४७ लाख शर्शत अनुुदान २२ करोड १८ लाख ४६ हजार राजस्वा बाँडफाँड ८ करोड ६८ लाख र बिषेश अनुुदान तर्फ १ करोड रहेको छ ।
त्यस्तै प्रदेश समानीकरणबाट ९५ लाख ९९ हजार ,प्रदेश बिषेश अनुदान ७० लाख, प्रदेश समपुरक ९७ लाख ५० हजार, प्रदेश राजश्व वाडफाड १४ लाख ७३ हजार, आन्तरिक आय ४० लाख र सामाजिक सुरक्षा भत्ता ९ करोड ३० लाख गरि  कुल ५५ करोड ३४ लाख १८ बजेटको सुनिश्चितता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 268