२७ आश्विन २०८१, आईतवार
एसईई नतिजा : ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण, २ लाख ४२ हजारले मात्रै ११ कक्षा पढ्न पाउने
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने छन् भने झण्डै ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ (एनजी) भएका छन् ।
बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ ।
कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।
गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1