१७ कार्तिक २०८१, शनिबार
थलारा गाउँपालिकामा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी २ दिने निशुल्क शिबिर सन्चालन हुने ।
थलारा गाउपालिकामा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी मनोचिकित्सक बिशेषज्ञ डाक्टरशद्वारा २ दिने निशुल्क शिबिर सन्चालन हुने भएको छ ।
यु.एम.एन,दलित सहयोग समाज र थलारा गाउँपालिकाको समन्वयमा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी मनोचिकित्सक बिशेषज्ञ डाक्टर द्धारा २ दिने निशुल्क शिबिर सन्चालन हुने भएको हो ।
शिविरमा खाना खान मन नलाग्ने ,एकहोरो टोलाइरहने,राती निन्द्रा नलाग्ने,आत्म हत्याको सोच आउने,कुनै कुराको खुशीमा रमाउन नसक्ने,एक्लै बोल्ने,घर छोडेर हिड्ने, काम गर्न जागर नलाग्ने, एकान्तमा एक्लै टोलाइरहने, बारम्बार रोइरहने, थकाइ बढी लाग्ने, शरिरमा शक्ती नै छैन जस्तो महसुश हुने जस्ता लक्षण भएका ब्यक्तिहरुले आप्नो चेक जाच गराई मौकाको फाईदा लिन अनुरोध गरिएको छ ।
शिविर यहि असार १६ गते थलारा गाउपालिका वडा नं. ५ स्थित कोटभैरब स्वास्थ्य चौकी र असार १७ गते थलारा गाउपालिका वडा नं. त्रिभुवन मा.बी महेन्द्रधारमा सन्चालन हुनेछ ।
शिविरमा मनोचिकित्सक बिशेषज्ञ डाक्टर गिता सुबेदी र रिचा सिन्हाले सेवा दिने दलित सहयोग समाज कार्यक्रम संयोजक बिस्ना बमले जानकारी दिनु भएको छ ।