थलारा गाउपालिकामा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी २ दिने निशुल्क स्वास्थ शिविर सम्पन

सेयर गरौं

थलारा गाउपालिकामा २ दिने निशुल्क शिबिर सम्पन भएको छ ।  मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी मनोचिकित्सक बिशेषज्ञ डाक्टर गिता सुवेदी र रिचा सिन्हा द्वारा २ दिने निशुल्क शिबिर सोमबार सम्पन भएको हो ।
यु.एम.एन काे आर्थिक सहयाेगमा दलित सहयोग समाजले थलारा गाउँपालिकाको समन्वयमा मानसिक समस्या भएका ब्यक्तिहरुको उपचारकालागी मनोचिकित्सक बिशेषज्ञ डाक्टरद्धारा २ दिने निशुल्क शिबिर आतवारवाट सन्चालन भएको थियोे  ।
शिविरको पहिलो दिन असार १६ गते कोटभैरब स्वास्थ चौकीमा र १७ गते वडा नं. ४ स्थित त्रिभुवन मा.बी महेन्द्रधारमा सन्चालन गरिएको दलित सहयोग समाज कार्यक्रम संयोजक बिस्ना बमले जानकारी दिनु भएको छ ।

1000007280

मानसिक समस्या भएका ब्यक्तिहरुकाे पहिचान र परामर्श र औषधि उपचार गरिरहेका ब्यक्तिहरुकाे पुनः स्वास्थ्य चेकजाच गर्ने र शिबिर सन्चालन गरी धेरै जनालाई सेवा दिने उद्देश्यकासाथ शिविर सञ्चालन गरिएको परियाेजना संयाेजक बिस्ना बमले बताउनु भएकाे छ
शिविरमा चिन्ता रोग, उदासिनता, गम्भीर मानसिक समस्या र लागुपदार्थ दुर्ब्यसनी सम्बन्धि समस्या भएका ब्यक्तिले सेवा लिएका थिए ।
शिविरमा मनोचिकित्सक बिशेषज्ञ डाक्टर गिता सुबेदी र रिचा सिन्हाले सेवा दिनु भएको थियोे ।
शिविर दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बिक को अध्यक्षतामा र थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाको प्रमुख आतिथ्यमा भएको थियो ।कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि र वडा नम्बर ४ का अध्यक्ष राम चन्द्र जोशी अतिथि रहनु भएको थियो ।

1000007259
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 260