थलारा गाउँ पालिकाले सबै वडाकाे सामाजिक परीक्षण गरायाे

सेयर गरौं


जगदीश राेकाया
बझाङ


थलारा गाउँ पालिका ले अाफ्नाे पालिका भित्र रहेका सबै नाै वटै वडाकाे
आर्थिक बर्ष २०८०/८१काे सामाजिक परीक्षण गराएको छ । स्थानिय सरकारको शुसासन मा जाेड भन्ने मुल नारा राखेर पालिका ले पत्रकार हरु मार्फत वडाकाे सामाजिक परीक्षण कार्यक्रम गराएको हाे । सामाजिक परीक्षण कार्यक्रम मा बडा कार्यलयकाे बार्षिक समीक्षा साथ सामाजिक परीक्षण गरेकाे थियो । कार्यक्रम मा वडा तहमा भएको याेजना कार्यक्रम बजेट उपलब्धि समस्या चुनौती वडा सचिब हरुले प्रस्तुत गरेका थिय भने वडा तहका सर्बदलीय सर्बपच्छिय सराेकार वाला ब्यतिहरुले वडाको सेवा प्रवाह र देखिका कमजाेरि गुनासा अपेक्षा र सुझाव हरु राखेर सार्बजनिक सभामै सवाल जवाफ भएको थियो।
गाउ पालिका काे सहयोग मा मिडिया बिकास केन्द्रका पत्रकार हरुको सहजिकरण मा वडाको सामाजिक परीक्षण गरिएकाे हाे । पत्रकार सहजकर्ता हरु रमेस केसि वडा नाै र पाँस नम्वर मा सामाजिक परीक्षण गरेका थिय भने पत्रकार पदम खड्का ले सात र तिन वडामा सामाजिक परीक्षण कार्यक्रम काे सहजिकरण गरेका थिय। अन्य पाँच वडामा पत्रकार जगदीश राेकाया ले सहजिकरण गरेका थिय।
सामाजिक परीक्षण कार्यक्रम मा वडा कार्यालय बाट याे अार्थिक बर्ष मा सँचालन याेजना कार्यक्रम खर्च बिबरण अन्य वडा बाट भए गरका काम उपलब्धि समस्या चुनाैति वडाको तर्फबाट प्रस्तुत गरि जनताकाे गुनासाे प्रस्न राखेर सवाल जवाफ हुदा याे कार्यक्रम शुसासन काे राम्रो कार्यक्रम भएको सहभागि प्रेम बिष्ट ले जानकारी दिनुभयो।
गत वर्ष पनि याे कार्यक्रम गरेकाे यस पालिका ले याे कार्यक्रम ले वडाकाे सेवा प्रदान प्रतिकाे सन्तुस्टी असन्तुष्टि सबै सार्बजनिक समाराेहमै प्रषट हुने र पालिका काे समग्र सुझाव सल्लाह गुनासाे पनि अाउने भएकाले कार्यक्रम ले धेरै सुधार र पृष्ठ पाेषण दिएको एक नम्बर का वडा अध्यक्ष रबिन्द्र जाेशिले बताउनुभयो।
याे कार्यक्रम शुसासन काे लागि राम्रो भएको सहभागि हरुले बताएका छन। वडा सकिए पछी पालिका काे पनि गर्ने साेच रहेकाे तर कामको चापले तत्काल गर्ने नसकिने गाउँ पालिका प्रमुख प्रशासकि अधिकृत सिद्ध राज पण्डित ले जानकारी दिनुभयो। थलारा गाउँ पालिका ले वडा तथा पालिका काे सुशासन पारदर्शी जवाफदेही का लागि यस्ता समाजिक परिछेण सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरु बार्षिक गरि रहदा यहाँका नागरिक हरुमा पालिका काे शुसासन प्रतिकाे इच्छा शक्ति रहेछ बताइएका छन । अन्या पालिका भन्दा बडा तहमा पनि सामाजिक परीक्षण सार्बजनिक सुनुवाई थलारा गाउँ पालिका ले गरि रहदा पालिका प्रतिकाे जनविश्वास बड्दो रहेको छ ।
यस्ता कार्यक्रम ले जनता हरुलाइ पालिका जनता प्रति जनउत्तरदायी छ भन्ने सनदेस गएको छ ।‌
थलारा गाउँ पालिका जनता प्रति जनउत्तरदायी छ भन्नका लागि र अाफ्नाे सेवा प्रवाह प्रति जनताको गुनासाे अपैच्या अालाेचना सुझाब सल्लाह लिइ अागामि बर्ष अझै राम्रो सेवा प्रवाह र बिकास निर्माण गर्न यस्ता कार्यक्रम ले पालिका लाइ निकै पृष्ठ पाेषण मिलेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314