२५ मंसिर २०८१, मंगलवार
चैनपुर बाहुली खोलामा आएको बाढीले पुरानो बसपार्क मुनी दोघट्टेबगर बगायो !
बाहुली खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिका वडा नम्बर- ९ को सिमखेतस्थित पुरानो बसपार्कतर्फ कटान सुरु गरेको छ । खोलाको बहाब बढेपछि पुरानो बसपार्क मुनी रहेको दोघट्टेबगर जिउलामा रसाइली र स्नेही परिवारको तटबन्धनसहित रोपिएका खेत बगाएको छ । यस वर्ष र अघिल्लो गरेर ५२ लाखको तटबन्धन गरेको भएपनि तटबन्धन बगाएर खेतहरुसमेत बगाउन थालेको भन्दै पिडित धर्मराज रसाइलीले चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार दोघट्टे बगरमा रहेको पाँच परिवारको धान रोपेको खेत हिजोदेखि नै बगाउन सुरु गरेको छ ।
दोघट्टे बगरमा धर्मराज रसाइली, दिवस रसाइली, सुरेश रसाइली, जयबहादुर स्नेही र सुनिल स्नेहीको खेत बाहुली खोलाले कटान गर्न थालेको छ । र्मराज रसाइली, दिवस रसाइली र सुरेश रसाइलीको ६ नाली जमिन बगिसकेको र जयबहादुर स्नेही र सुनिल स्नेहीको खेत कटान सुरु गरेको पिडित धर्मराज रसाइलीले बताउनुभयो । निरन्तर पानी परिरहेकाले खोलाले सबै खेत बगाउने चिन्ता यी परिवारमा छ ।