उन्नति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड थलारा बझाङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न ।

सेयर गरौं

उन्नति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड थलारा बझाङको तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।
असार २२ गतेदेखि सुरु भएको साधारणसभा सोमबार सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष गोकुल राज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा थलारा गाउँ पालिका वडा नं २ का सदस्य हर्कु सायर प्रमुख अतिथि रहनु भएको थियोे ।
स्थापना भएको पहिलो बर्ष देखिनै मुनाफा आर्जन गर्न सफल उक्त सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० को नाफाबाट आफ्ना शेयर सदस्य हरुलाई १२.७ प्रतिशत नगद शेयर लाभांश बितरण गरिएको संस्थाका अध्यक्ष जोशीले बताउनुभयो ।
थलारा गाउँ पालिकामा दर्ता भएको सहकारीले अहिले केदारस्यु गाउँ पालिका १ र ९ तथा जयपृथ्वी नगर पालिकाको वडा नम्बर ३,४,५,६,७,९, १० र ११ मा कार्यक्षेत्र बिस्तार गरेको छ ।
आगामी वर्ष १ सय शेयर सदस्य थप्ने र जनपन१,२ र ८ मा कार्य क्षेत्र बिस्तार गर्ने । चैनपुर तथा अन्य उपयुक्त ठाउँमा अर्गानिक एवं सुपथ मुल्य सहकारी पसल सञ्चालन गर्ने निर्णय साधारणसभाले गरेको छ ।

1000007785


सभामा अध्यक्षले पेश गरेको प्रतिबेदन र लेखा प्रतिबेदन पास भएको छ ।
संस्थाका सचिव आनन्द ब रोकायाको संचाल रहेको कार्यक्रममा  करिव १०० जना सदस्य हरुको उपस्थिति रहेको थियो ।
अविरल वर्षाका बाबजुद पनि भव्यताका साथ उन्नति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड थलारा बझाङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको सहकारीका प्रबन्धक नर बहादुर भण्डारीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 168