७ माघ २०८१, सोमबार
थलारा गाउँ पालिकाको बार्षिक बित्तिय प्रगति ८८.३८ प्रतिशत
थलारा गाउँ पालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बित्तिय प्रगति विवरण सार्वजनिक गरेको छ ।
मंगलबार थलारा गाउँ पालिकाले सार्वजनिक गरेको बार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०८०/०८१ को भुक्तानी प्रक्रिया सोमबार राति ११:५५ मा बन्द भएको उल्लेख गरिएको छ । उक्त अबधिमा कुल बजेटको ८८.३८ प्रतिशत बित्तिय प्रगति रहेको थलारा गाउँ पालिकाले जनाएको छ ।
थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित र लेखा अधिकृत दिपक राज पाण्डेद्वारा हस्ताक्षरित बार्षिक बित्तिय प्रगति विवरणमा चालू तर्फ ३४,०८,५७,०८२ बिनियोजन गरिएकोमा ३०,५७,३१,३७१ अर्थात ८९.६९ प्रतिशत खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ ९,८४,५८,००० कुल बजेट बिनियोजन गरिएकोमा ८,२५,४५,६०४ अर्थात ८३.८३ प्रतिशत खर्च भएको छ । समग्रमा थलारा गाउँ पालिकाले आर्थिक बर्ष २०८०/०८१ मा ४३,९३,१५,०८२ बजेट बिनियोजन गरिएकोमा ३८,८२,७६,९७५ अर्थात् ८८.३८ प्रतिशत बार्षिक बित्तिय प्रगति भएको विवरणमा उल्लेख छ ।
थलारा गाउँ पालिकामा आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटमा ४,५१,०३८,१०७ अर्थात ९.६२ प्रतिशत रकम खर्च नभएर फ्रिज गएको छ ।
गाउँ पालिकाले वार्षिक बजेट निति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने सवै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ ।