२४ माघ २०८१, बिहीबार

थलारा गाउँपालिकाको बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
थलारा गाउँपालिकाले अर्थिक बर्ष २०८०/०८१ को बार्शीक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । थलारा गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघको सहजीकरणमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा छलफल गरियको थियो ।
उक्त कार्यक्रममा थलारा गाउपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकाया , उपाध्यक्ष राम बहादुर खाति वडाका अध्यक्षहरु, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, पत्रकाहरुको सहभागिता रहेको थियो । सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागिले प्राकृतिक स्रोतको समुचित उपयोग नभएको,शैक्षिक गुणस्तर खस्कदै गयको ,गुणस्तरीय स्वास्थ्य सेवा नभएको, विद्युतको समस्या भएको जस्ता गुनासाहरु राखेका थिए । यस्तै सुसासन र पारदर्शिता कायम गर्नका लागि सर्वसाधारणहरुले सुझाव दियका थिए ।
कार्यक्रममा गाँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकायाले सहभागिहरुका प्रश्नहरुको जवाफ दिदै गाउँपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । साथै उनले योजना कार्यान्वयनमा कडाइ हुन जनप्रतिनिधि लाई अनुरोध गर्नु भयो ।
उनले साच्चिकै जनप्रतिनिधि एकरुपताका साथ अघिबढे जस्तासुकै समस्या पनि हल गर्न सकिन्छ भन्दै आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र सबैको सरसल्लाहमा काम गर्ने बताउनुभयो । अध्यक्ष रोकायाले आफूहरु सकेसम्म गाउँपालिकाको स्रोत र साधानको समुचित प्रयोग गरि विभिन्न योजना अगाडी सारेर काम गरिरहेको भन्दै आफुहरुका काममा गाउपालिका बासिको सन्तुष्टि र असन्तुष्टि रहेका पनि बताउनुभयको थियो
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सिद्वराज पण्डितले आर्थिक बर्ष २०८०/०८१ मा भय गरेका कामहरु र वार्सिक योजना तथा कार्यक्रमको बारेमा अवगत गराउनुभयको थियो । कार्यक्रमको सहजिकरण पत्रकार डिबि बिष्ट र सत्यराज सिंह ले गर्नु भएको थियो ।