७ चैत्र २०८१, शुक्रबार

दुर्गाथली गाउँपालिकाको अर्थिक बर्ष २०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न ।
दुर्गाथली गाउँपालिकाले आईतवार अर्थिक बर्ष २०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । दुर्गाथली गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा छलफल गरियको थियो ।उक्त कार्यक्रममा दुर्गाथली गाउपालिकाका अध्यक्ष दिल बहादुर थापा उपाध्यक्ष जनक बहादुर दौल्याल वडाका अध्यक्षहरु, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, पत्रकाहरुको सहभागिता रहेको थियो । सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागिले प्राकृतिक स्रोतको समुचित उपयोग नभएको,शैक्षिक गुणस्तर खस्कदै गयको ,गुणस्तरीय स्वास्थ्य सेवा नभएको, विद्युतको समस्या भएको जस्ता गुनासाहरु राखेका थिए । यस्तै सुसासन र पारदर्शिता कायम गर्नका लागि सर्वसाधारणहरुले सुझाव दियका थिए ।
कार्यक्रममा गाँपालिकाका अध्यक्ष दिल बहादुर थापा तुफानले सहभागिहरुका प्रश्नहरुको जवाफ दिदै गाउँपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र सबैको सरसल्लाहमा काम गर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत झलक दौल्यालले आर्थिक बर्ष २०८०/०८१ मा भय गरेका कामहरु र वार्सिक योजना तथा कार्यक्रमको बारेमा अवगत गराउनुभयको थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार महासघका बर्तमान अध्यक्ष शैलेन्द्र रोकाया र निबर्तमान अध्यक्ष जगदिश रोकायाले गर्नु भएको थियो