२६ कार्तिक २०८१, सोमबार
नेकपा एमाले थलाराले स्वर्गीय गणेश सायरको घर परिवारलाई आर्थिक राहात सहयोग गर्यो ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य स्वर्गीय गणेश सायरको घर परिवारलाई आर्थिक राहात सहयोग गरिएको छ ।
आईतवार नेकपा एमाले थलारा गाउँ पालिका वडा नम्बर ४ ले स्वर्गीय सायरको परिवारलाई दस हजार नगद आर्थिक सहयोग गरेको हो ।
वडा कमिटी अध्यक्ष पदम बहादुर बिष्ट नेतृत्वको टोलीले आईतवार स्वर्गीय सायरको घरमा पुगि उनकी श्रीमती हर्कुदेवी सायरलाई दस हजार नगद राहत सहयोग हस्तान्तरण गरेको हो ।
नेकपा एमालेका बझाङ जिल्ला कमिटी सदस्य रहेका गणेश सायरको गत जेठ १८ गते कामको शिलशिलामा भारतको फरिदाबाद स्थित स्काउट हस्पिटलमा उपचारको क्रममा निधन भएको थियोे ।
थलारा गाउँ पालिका वडा नम्बर २ बगाडा निवासी सायरका २ छोरा २ छोरी छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1