बझाङमा १० जना उत्कृष्ट कृषकहरु सम्मानित

सेयर गरौं

बझाङमा ७७ बर्षिया कृषक सहित १० जना कृषकहरु सम्मानित भएको छन । उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा जिल्लाकाे सदरमुकाम चैनपुरमा १० जनालाई सम्मान गरिएको हाे । कृषि ज्ञानकेन्द्र बझाङले उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको थियाे । जिल्लामा आफ्नै लगानी तथा कृषि ज्ञानकेन्द्रकाे सहयाेगमा राम्रो काम गरिरहेका कृषकहरुलाई प्रमाणपत्र खादा सहिन नगद पुरस्कार हस्तान्तरण गरिएको हाे । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा कृषि ज्ञानकेन्द्र प्रमुख टेक बहादुर बिष्टकाे अध्यक्षतामा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्ट प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेल विशिष्ट अतिथि पशु सवा केन्द्र बझाङ प्रमुख विनाेद कठायत विशिष्ट अतिथि सहित पत्रकार कृषकहरुकाे उपस्थिति रहेको थियाे ।

दश जना कृषकलाई वितरण गरिएको पुरस्कारमा ७७ बर्षिया बृद्ध कृषक पनि हुनुहुन्थ्यो उहाँलाई आफू यसरी सम्मानित हुदा अझै खुसि लागेको र आफू ७७ बर्षकाे नभएको महसुस गरेको दुर्गाथली गाउँपालीका वडा नम्बर ३ का धने राेकायाकाे भनाइ थियाे । सम्मानित हुने कृषकहरुमा धनलक्ष्मी जाेशी,रामबहादुर सिँह ,गाेपिलाल बिष्ट ,ग्रीस बाेहरा ,जयबहादुर बाेहरा,धने राेकाया,हर्कबहादुर सिँह ,महेश धामी धनबहादुर अधिकारी ,पुर्णप्रशाद उपाध्याय रहेका छन । सम्मानित हुने कृषकहरु भने कुनै सरकार बाट ठुलाे अनुदान नपाएका तर कृषि ज्ञानकेन्द्र सहित आफ्नो व्याक्तिगत लगानीमा काम गरिरहेका कृषकहरु परेका छन । यता कृषि ज्ञानकेन्द्र प्रमुख टेकबहादुर बिष्टले भने, हाम्राे लाई हैन राम्रो लाई अगाडि बढाउने आफ्नो चाहाना भएको र जिल्लामा केही गरेरै देखाउने उनकाे भनाइ छ ।

सम्मानित कृषकहरुलाई जनहि दश दश हजार पुरस्कार सहित खादामाला र प्रमाणपत्रले सम्मान गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325