ढुंगामुडा सहितको सुख्खा पहिरो जादा बझाङमा एक जनाको मृत्यु

सेयर गरौं

बझाङमा एक जना पुरुषको पहिरोमा परि ज्यान गएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर–८ सिलङ्गी घर भएका ७१ बर्षीया रामप्रशाद जोशीको हिजो पहिरोमा परि ज्यान गएको हो । (आईतबार) दिउँसो ३ बजेतिर घर माथिको जंगलमा दाउँरा काट् गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जादा उनको ज्यान गएको केदारस्यूँ गाउँपालिका–८ का वडा अध्यक्ष सुरेश बहादुर जेठाराले जानकारी दिनुभयो ।

हिजो दिउँसो ३ बजे बाट पहिरोमा परि ब्यपत्ता भएका जोशी आज खोजतलाश गर्दा बिहान वडा अध्यक्ष र स्थानीले जंगलमा मृत अवस्थामा भेटिएका वडाले जनाएको छ । ढुंगामुडाले लाग्दा उनको शरिरका बिभिन्न भागमा चोटपटक लागेको वडा अध्यक्षले बताए । मृतक जोशीका ३ वटा छोरा ब्याङ्गलोर भएका कारण उनको दाहासंकार भोली (मंगलबार) छोरा घर पुगेपछि गरिने पारिवारकि श्रोतले जानकारी जानकारी दिनुभयो ।
उनका ३ वटा छोरा आज बिहान ४ बजे ब्याङ्गलोर बाट पिलेनमा हिडिसकेका वडा अध्यक्ष जेठाराले बताउनुभयाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325