२७ आश्विन २०८१, आईतवार
थलारा गाउँ पालिकामा कृषकका लागि एक दिने प्रबिधि हस्तान्तर तथा क्षमता अभिबृद्वि तालिम सम्पन्न
थलारा गाउँ पालिकाका तरकारी र दाल उत्पादन गर्ने कृषकका लागि एक दिने प्रबिधि हस्तान्तर तथा क्षमता अभिबृद्वि तालिम सम्पन्न भएको छ ।
बिश्व खाद्यको आर्थिक सहयोग, मर्सिकोर नेपाल र बहुउद्देश्यीय बिकास समाज mpds को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय स्तरमा आधारित बिधालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले कृषकका लागि तालिमको आयोजना गरिएको mpds फिल्ड प्राबिधिक सहायक धनसेर बहादुर कठायतले बताउनु भएको छ ।
कार्यक्रममा सहभागी कृषकलाई दालको उत्पादन IMP प्रबिधि बारे बिस्तृत जानकारी ,जलवायु मैत्री कृषि प्रणाली तथा यसको असर तरकारी उत्पादन र बजारीकरण तथा मौषमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि जानकारी गराईएको थियोे ।
कार्यक्रममा थलारा गाउँ पालिका वडा नमवर ५ देखि ९ सम्मका तरकारी तथा दाल उत्पादन गरिरहेका कृषक हरुको सहभागीता रहेको थियो । सहभागीलाई mpdsका कार्यक्रम संयोजक शिवराज उपाध्याय, फिल्ड अफिसर प्राबिधिक पवन खाती खप्तडछान्ना गाउँ पालिका र कुलमष्टजन मा बि का प्रशिक्षकले प्रशिक्षण दिनु भएको थियोे ।
बिश्व खाद्यको आर्थिक सहयोगमा मर्सिकोर नेपाल र बहुउद्देश्यीय बिकास समाज mpds ले थलारा गाउँ पालिकाका ४५ बिधालयमा दिवा खाजा कार्यक्रममा सहयोग गर्दै आएको छ ।