थलाराका मानव बादीको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल

सेयर गरौं

थलाराका मानव बादीको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । थलारा गाउँ पालिका वडा नम्बर ५ खोलीका अम्मर बादीका १४ बर्षीय छोरा  मानव बादीको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिएको हो ।
थलारा मा बि खोलीमा कक्षा ६ मा अध्ययनरत मानव बादीको मृगौला सम्बन्धि समस्या देखिएको छ ।
साउन महिनाको अन्तिम हप्तामा मानव बिरामी भएका थिए । त्यतिबेला उनलाई जिल्ला अस्पताल बझाङमा भर्ना गरिएकोमा ३ दिन पछि जिल्ला अस्पताल बझाङले सेती प्रादेशिक अस्पताल धनगढीमा रेफर गरेको थियो । त्यहाँ उनलाई मृगौलामा समस्या देखिएको हो । अस्पतालका डाक्टरले एक महिना अस्पतालमा राखेर उपचार गर्न भनेपनि आर्थिक अभावका कारण सेतीमा ७ दिन मात्र उपचार गरेर घरमै लिएर आएको  उनकाबुबा अम्मर बादीले बताउनुभयो । आफू सिमान्तकृत  र भुमिहिन भएकोले आफ्नै घरघरानाबाट छोराको उपचारका गराउन नसक्ने अवस्था नभएकोले आर्थिक सहयोग गरिदिन सबैमा हार्दिक अपिल उनले गरेका छन । सहयोग गर्न चाहानेले अम्मर बादी को कुमारी बैंक थलारा शाखामा रहेको खाता न
१८४०१०५५६१५००००१ मा जम्मा गरिदिन पनि उनले आग्रह गरेका छन्

IMG 20240818 204315
Oplus_0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206