टुमेडा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई बुङ्गल नगरपालिकाले चार लाख राहत दिने

सेयर गरौं

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई बुंगल नगरपालिकाले राहत स्वरुप चार लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले सोमबार एक शोक वक्तव्य जारी गर्दै मृतकका परिवारलाई राहत स्वरूप रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

नगरपालिकाले मृतका परिवारलाई तत्काल उद्दारगरी राहत स्वरुप रु दश हजार नगद सहित राहत सामाग्री र दाहसंस्कार गर्न दाउराको व्यवस्था गरिएको बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले बताउनु भएको छ । यस अघि सुदूरपश्चिम सरकारले पनि मृतका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति १ लाख रुपयाँ दिने घोषणा गरेको थियो ।

आईतबार रातिको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५८ बर्षिय काली देवि धामी , जेठी बुहारी २८ बर्षिय गोल्के धामी , नातिनी ६ बर्षिया आकृति धामी ,र ३ बर्षिय लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो । बुंगल नगरपालिकाका नगर प्रमुख धामीले पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धान्जली र मृतका परिवार परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

साथै उहाँले तत्काल घटना स्थलमा आएर उद्धार तथा राहत कार्यमा सहयोग गर्नुुहुने स्थानीय, नगरपालिकाका जनप्रतिनिधी , सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी, जिल्ला प्रशासन कार्यालय,सहायक प्रमुख जिल्ला अधिकारी प्रहरी नायक उपरिक्षक र रेडक्रस,विभिन्न संघ संस्था लगायत सम्पुर्णलाइ धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

1000009689
Oplus_0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314