२७ आश्विन २०८१, आईतवार
थलारा गाउँ पालिका ९ ले अतिरिक्त क्रियाकलाप गरि मनायो राष्ट्रिय बिभुति जयपृथ्बी बहादुर सिंहको १ सय ४८औ जन्मजयन्ती
थलारा गाउँ पालिका वडा नम्बर ९ ले वडा स्तरीय बिधालय अतिरिक्त क्रियाकलाप आयोजना गरि राष्ट्रिय बिभुति तथा माबताबादी राजा जयपृथ्बी बहादुर सिंहको १ सय ४८औ जन्मजयन्ती मनाइएको छ ।
थलारा गाउँ पालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकाया प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा मा.बि तह निबन्ध प्रतियोगिता , आधारभूत तह ६-८ हाजिर जवाफ प्रतियोगिता, ४-५ हिज्जे प्रतियोगिता र आधारभूत तह १-३ पठन प्रतियोगिता आयोजना गरिएको थियोे ।
प्रतियोगितामा मा.बि तह निबन्ध प्रतियोगितामा पूर्णचन्द्रोदय मा.बि.कुलाकाट्ने प्रथम,चक्रेश्वर मा.बि मालुमेला द्वितीय र पूर्णचन्द्रोदय मा.बि.कुलाकाट्ने तृतीय भएकाछन ।
आधारभूत तह हाजिरी जवाफ प्रतियोगितामा पूर्णचन्द्रोदय मा.बि.कुलाकाट्ने प्रथम,चक्रेश्वर मा.बि मालुमेला द्वितीय र भवानी आ.बि तृतीय भएको छ ।
त्यस्तै आधारभूत तह ४-५ को हिज्जे प्रतियोगितामा
चक्रेश्वर मा.बि मालुमेला प्रथम, पूर्णचन्द्रोदय मा.बि.कुलाकाट्ने द्वितीय र भवानी आ.बि तृतीय र आधारभूत तह पठन क्षमता १-३ प्रतियोगितामा मष्टा प्रा बि प्रथम, कालिका प्रा बि द्वितीय र चक्रेश्वर मा बि तृतीय भएको वडा नम्बर ९ का सचिव ज्ञान बहादुर बिष्टले जानकारी दिनु भएको छ
कार्यक्रममा थलारा गाउँ पालिका शिक्षा समिति सदस्य बिरेन्द्र गिरि वडा शिक्षा समिति सल्लाहकार संयोजक पदम बहादुर खड्का अन्य सदस्य, वडा सदस्य,समाज सेवी बुद्धिजीवी शिक्षक बिधार्थीहरुको उपस्थिति रहेको थियोे ।