थलारा गाउँ पालिका र mpds को सयुक्त अनुगमन टोलीद्वारा भवानी मा बि मा दिवाखाजा अनुगमन

सेयर गरौं

थलारा गाउँ पालिका अनुगमन समितिले आज दिवाखाजा कार्यक्रमको अनुगमन गरेको छ ।थलारा गाउँ पालिका र बहुउद्देय समाज एमपिडएसको संयुक्त  अनुगमन समितले  भवानी मा बि माडौकाट्नेको अनुगमन गरेको हो ।
बिधालयमा दिवाखाजा कार्यक्रम  कसरी ब्यबस्थापन भैरहेको छ र दिवा खाजा कार्यक्रममा के कस्ता समस्या रहेकाछन भन्ने बिषयबारे बुझ्न अनुगमन गरिएको हो ।
दिवा खाजा कार्यक्रमले बिधालयमा परेको प्रभाव,र देखिएका समस्या बारे अध्ययनगर्न अनुगमन गरिएको बिधालय दिवाखाजा कार्यक्रम बहुउद्देश्य बिकास समाज mpds कार्यक्रम थलारा गाउँ पालिका फिल्ड सुपरभाइजर धनसेर बहादुर कठायतले बताउनुभयो ।
अनुगमनका क्रममा बिधालयमा अन्तरक्रिया गरिएको थियोे  अन्तरक्रियाक्रममा भवानी मा बि कार्यालय सहयोगी प्रेम रोकायाले दिवा खाजाले आफुलाई कामको बोझ थपेको तर सेवा सुविधा नदिएको भन्दै दिवा खाजाका लागि ईन्धन र भान्साको समस्या रहेको गुनासो पोख्नु भएको थियो ।
गुनासोबारे थलारा गाउँ पालिका शिक्षा शाखा संयोजक हर्क बहादुर रोकायाले गाउँ पालिकाको तवरबाट समस्या समाधान गर्न कठिन भए पनि भान्साको समस्या समाधान गरिने बताउनु भएको थियोे ।
अन्तरक्रिया कार्यक्रम भवानी मा बि का प्रधानाध्यापक शिवराज उपाध्यायको सञ्चालनमा भएको थियोे । अनुगमनमा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती,शिक्षा संयोजक हर्क बहादुर रोकाया,कृषि शाखा ना प्र स बिनोद रावल, रोजगार संयोजक जगदीश खड्का ,प्राबिधिक बम बहादुर रोकाया लगायत बिधालयका शिक्षक कर्मचारीको उपस्थिति रहेक‍ो थियो ।
अनुगमनका क्रममा बिधालयमा दिवा खाजा नियमित खुवाएको बिधालको शैक्षिक बाताबरण सन्तोष जनक रहेको पाईएको बिधालय दिवाखाजा कार्यक्रम बहुउद्देश्यीय बिकास समाज mpds कार्यक्रम थलारा गाउँ पालिका फिल्ड सुपरभाइजर धनसेर बहादुर कठायतले बताउनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206