कैलालीमा बस्ने बझाङकी एक महिलाको घरबाट १६ किलोग्राम बढी चरेस बरामद

सेयर गरौं

कैलालीमा बस्ने बझाङकी एक महिलाको घरबाट १६ किलोग्राम बढी चरेस बरामद भएको छ। प्रहरीले आज
१६ किलो १८० ग्राम लागू औषध (चरेस) सहित महिलालाई पक्राउ गरेको हो।

जिल्लाको गोदावरी नगरपालिका वडा नं. ०२ तेघरी खानेपानी टोलस्थित बस्दै आएकी बझाङ बुंगल नगरपालिका  वडा नं. ०२ दहबगर मल्ली बत्थी घर भएकी आइते धामीको श्रीमती ४५ वर्षीया मंगली देवी धामी समातिएकी हुन्।

उनको घरमा लागु औषध (चरेस) को ओसार पसार तथा कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।

सो क्रममा चरेस बरामद गरिएको हो। उनले घरको कोठाभित्र सेतोमा रातो धर्सेदार रंगको बोराभित्र भुसामा लुकाएर चरेस राखेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314