थलारा गाउँ पालिकामा बिधालय दिवाखाजा कार्यक्रम ब्यबस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सेयर गरौं

थलारा गाउँ पालिकामा बिधालय दिवाखाजा कार्यक्रम ब्यबस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम  लाई ब्यबस्थितगर्न थलारा गाउँ पालिका र मर्सिकोर नेपाल र बहुउद्देश्यीय बिकास समाजmpds को आयोजनामा बिधालय ब्यबस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक र स्थानीय सरकारका प्रतिनिधिहरुबीच एक दिने अभिमुखिकरण गरिएको हो ।
दिवाखाजा ब्यबस्थापन गर्न बिधालय,अभिभावक, बिब्यस र स्थानीय सरकारको भुमिका र जिम्मेवारीका बारेमा अभिमुखिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दिवाखाजा कार्यक्रम (mpds) संयोजक शिबराज उपाध्यायले  बताउनु भयो ।

1000009965


थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित शिक्षा संयोजक हर्क बहादुर रोकाया अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा सहभागीले  दिवा खाजा ब्यबस्थापनमा  बिधालयमा भान्सा र भान्से को ब्यबस्थापन गर्न नसक्नु, क्षेत्रगत उत्पादन र सहकार्य नहुनु, मापदण्ड अनुसार तरकारी  बिधालयमा नजानु र दिवाखाजा  ढुवानीमा समेत  समस्या रहेको बताएका थिए ।
कार्यक्रमको समापन गर्दै थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले
दिवाखाजा बिधालय सम्म पुर्‍याउन पहल गर्ने र देखिएका समस्याको समाधान गर्ने प्रतबद्वता जनाउनु भएको थियो ।

1000009967


थलारा गाउँ पालिकाले बिधालय खाजा ब्यबस्थापनका लागि स्थानीय दाल उपलब्धताका आधारमा अल्पकालीन र दिर्घकालिन गरि खाजाको दुईवटा मेनु तयार पारेको छ । दिवा खाजा सम्बन्धि सुझाव सल्लाह तथा गुनासा टिपाउन पैसा नलाग्ने टोल फ्रि न १८१०५००००४७ उपलब्ध गराईएको छ। हाल थलरा गा .पा भित्रका ४४ वटा बिधालयका
३३ सय ३७ जना बालबालीकाहरुले दिवा खाजा खाईरहेकाछन । खाजामा चामल ८० ग्राम, दाल २० ग्राम, तरकारी ४० ग्राम, तेल १० ग्राम र नुन २ ग्राम गरि प्रतिदिन एक बिध्यार्थीले १५२ ग्राम स्थानीय उत्पादन  आधारी दिवा खाजा खाई रहेको थलारा गा.पा फिल्ड प्राबिधक सहायक धनसेर बहादुर कडायत ले बताउनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206