सुदुरपश्चिमकै ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको “बिर्सति मेला २०८१भब्य रुपमा मनाईने

सेयर गरौं

सुदुरपश्चिमकै ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको “बिर्सति मेला २०८१”भब्य रुपमा मनाईने भएको छ । मेलामा महिला पुरुष भलिबल प्रतियोगिता र देउडा प्रतियोगिताको आयोजना गरेर एक हप्ता सम्म भब्य रुपमा मनाउने बिर्सति मेला मुलआयोजक समितिले जनाएको छ।

मेलामा आयोजना हुने भलिबल प्रतियोगिताको पुरस्कार राशि अहिले सम्मकै ठुलो राखेकोले विर्सति मेलाको भलिबल प्रतियोगितामा धेरै टिमहरू उपस्थित हुने अनुमान गरिएको छ । विर्सति मेला भदौ १९ गते देखि भदौ २५ गते सम्म विभिन्न कार्यक्रमसाथ भब्य रुमले मनाईने भएको छ।
भलिबल प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार १ लाख ७५ हजार ९ सय २०, द्वितीय लाई ७५ हजार ९ सय २०,तृतीय लाई ३३ हजार ९ सय २० र सान्तोनालाई १० हजार ९ सय २० राखिएको छ ।
त्यस्तै महिला भलिबल तर्फ प्रथम लाई ५० हजार ९ सय २०, द्वितीय लाई २५ हजार ९ सय २०, तृतीय १२ हजार ९ सय २० र सान्त्वना  पुरस्कार ५ हजार ९ सय २० राखेको छ ।

त्यस्तै देउडा कार्यक्रममा चर्चित देउडा गायक गौरी भट्ट सुनिल नेपाली बेला रोकाया लक्ष्मण अधिकारी सरोज रोकाया माया जप्रेल शारदा बुढा यज्ञ थापा धनबहादुर रोकाया लगायत स्थानीय कलाकारको प्रस्तुति रहेने आय‍ोजकले जनाएको छ ।

भदौ १९ गते देखि भदौ २५ गते सम्म सञ्चालन हुने मेलामा विभिन्न कार्यक्रमका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्ति तोकिएको बिर्सति मेला २०८१ मुल समारोह समिति संयोजक एवं दुर्गाथली गाउँपालिका वडा नं ७ का अध्यक्ष सुरज दौल्यालले वताउनु भएको छ । बिर्सति मेला शान्त र भब्य तरिकाले मनाउने र यसको महत्व थप्न विविध कार्यक्रम आयोजना गरेको दुर्गाथली गाउँपालिका वडा नं ७ का अध्यक्ष सुरज दौल्यालले वताउनु भएको छ

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको विर्सति मेला सुदुरपश्चिमकै प्रमुख मेलाका रुपम लिने गरिन्छ । बझाङ्गका स्थानीयहरु मेलामा उपस्थित हुन देश विदेश बाट घर आउने गर्दछन।

1000010014
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206