२७ आश्विन २०८१, आईतवार
गौंर र गड्गाउँमा बिजुली पुगेसंगै थलारा गाउँपालिका ३ पूर्णरूपमा बिद्धुतिकणर
थलारा गाउँपालिका वडा नम्बर ३ गौर र गड्गाउँमा बिजुली पुगेको छ । वडा पालिकाको पहलमा मंगलबार वडा नं ३ गौर टोल र गड्गाँउ टोलका २२ घरधुरीमा राष्ट्रिय प्रसारण लाईनको बिद्धुत पुगेको वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।
थलारा गाउँपालिका वडा नम्बर ३ का अन्य टोलमा राष्ट्रिय प्रसारण लाईनको बिद्धुत पुगेको भए पनि दुईवटा टोल गौर र गड्गाउँका २२ घरधुरी बिद्धुत बाट बञ्चित थिए । मंगलबारदेखि उक्त घरधुरी पनि बिद्धुतको राष्ट्रिय प्रसारण लाईनमा जोडिएका हुन । गाउँमा राष्ट्रिय प्रसारण लाईनको बिद्धुत पुग्दा स्थानीयले खुसीले वडा अध्यक्ष प्रकाश भण्डारीलाई फुलमाला अबिरले सम्मान गरेका थिए । मंगलबारदेखि थलारा गाउँपालिका वडा नम्बर ३ पूर्णरूपमा बिद्धुतिकरण भएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1