चक्रेश्वर माध्यामिक बिधालयका प्रअ बिरेन्द्र गिरीको भब्यताका साथ बिदाई

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ९ स्थित  चक्रेश्वर माध्यामिक बिधालयका प्रअ बिरेन्द्र गिरीको बिदाई गरिएको छ । ४३ बर्ष शिक्षिण पेशामा रहि अनिवार्य अवकाश पाएपछि शिक्षक गिरीको बिधालयले आज एक कार्यक्रम गरि बिदाई गरिएको हो ।
बिदाई कार्यक्रम बि ब्य स अध्यक्ष तथा थलारा गा पा वडा न ९ वडाध्यक्ष लोकेन्द्र बहादुर बिस्टको अध्यक्षतामा भएको थियो ।
शिक्षक गिरी २०३७ फागु २७ गते सत्यबादी मा.बि. जयपृथ्बी नगरबाट अस्थायी शिक्षकमा नियुक्त हुनु भएको थियो । २०३८ जेठ २२ गते  भैरब मा बि झोता सरुवा भई २०३९ मा स्थायी नियुक्ति पाउनु भएको थियो ।२०४१ माघ १० गते चक्रेश्वर माध्यमिक बिधालयमा सरुवा हुनु भएको थियोे ।

1000010110

२०४१ सालमा चक्रेश्वर मा बि मा नियुक्त हुनुभएका गिरी २०५४ सालसम्म सहायक प्रधानाध्यापक र २०५४ सालदेखि अहिलेसम्म  निरन्तर  प्र अ को रुपमा काम  गर्दै आउनु भएको थियोे । उनको कार्यकालमा बिद्यालयको शैक्षिक,भौतिक र बाताबरणिय पक्षमा राम्रो सुधार भएको थियोे ।उनको योगदानको उच्च मुल्यांकन गर्दै विदाइ समारोहमा उनका सहपाटी शिक्षकसाथीहरु र अभिभावक साथै विद्यार्थीहरुले विद्यालयको शैक्षिक उन्नती र सुुधारका लागी प्रअ गिरीको योगदान अतुलनिय रहेको उल्लेख गरेका थिए।

1000010109


विदाइ कार्यक्रममा प्रअ विरेन्द्र गिरीले आफुुले विद्यालयमा रहदाँ विद्यालयको हितमा गरेका योगदान र खेलेका भुुमीका वारे जानकारी दिनुु भएको थियो । चक्रेश्वर मावी जिल्लाको पहिलो दृष्टिविहिन विषेश शिक्षा कार्यक्रम लागुु भएको विद्यालय हुदाँ उहाँले ब्रल लिपी वाट पनि दृष्टीविहिनहरु लाइ पढाउनु भएको थियो ।
विद्यार्थी र अभिभावकहरुको चाहना अनुुसार प्रअ गिरीले विद्यालयका लागि खेलेको भुुमीका सर्घष र योगदान कहिलै नविर्सन नसकिने बिदाई कार्यक्रमका समीक्षा गरिए थियो ।

1000010111
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206