२७ आश्विन २०८१, आईतवार
भुकम्प प्रतिरोधि र बालमैत्री अस्थायी सिकाई केन्द्र बनेपछि थलारा गाउँपालिकाका बिधालयमा पठनपाठन गराउन सहज
भुकम्प प्रतिरोधि र बालमैत्री अस्थायी सिकाई केन्द्र टिआरसि भवन बनेपछि थलारा गाउँपालिका बिधालयमा पठनपाठन गराउन सहज भएको छ ।
युनाईटेड मिसन टु नेपाल प्रगतिशील युवा समाज बिपद जोखिम न्यु निकरण परियोजना र थलारा गाउँपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा भुकम्पले क्षेति गरेका बिधालयमा भुकम्प प्रतिरोधि र बालमैत्री अस्थायी सिकाई केन्द्र टिआरसि भवन बनेपछि पठनपाठन गराउन सहजता भएको हो ।
२०८० असोज १६ गते बझाङको सदरमुकाम चैनपुर केन्द्र बिन्दु बनाएर गएको भुकम्पले थलारा गाउँपालिकाका धेरै बिधालय भवनमा क्षति पुर्याएपछि कक्षा कोठाको अभावभई पठनपाठन गराउन समेत समस्या भएको थियो ।
तत्काल पक्की भवन बनाउन नसकिने स्थितिमा सहयोगी संस्था संगको साझेदारीमा थलारा गाउँपालिकाले बिधालयमा भुकम्प प्रतिरोधि र बालमैत्री अस्थायी सिकाई केन्द्र टिआरसि भवन निर्माण गरि हस्तान्तरण गरेको हो ।
शुक्रबार युनाईटेड मिसन टु नेपाल प्रगतिशील युवा समाज बिपद जोखिम न्युनिकरण परियोजना र थलारा गाउँपालिकाले वडा नम्बर ७ स्थित भवानी माध्यमिक बिधाल माडौकाट्ने,दुलै आधारभूत बिधालय रिठेगाउँ र वडा नम्बर ९ स्थित कालिका प्राबि अफला र मष्टा प्राबि आमबगरमा कार्यक्रम सहित भवन हस्तान्तरण गरेको थियो ।
थलारा गाउँपालिका वडा नम्बर ७ स्थित भवानी मा बि र दुलै आधारभूत बिधालय रिठेगाउमा बनेका भवन हस्तान्तरण कार्यक्रम ब्यबस्थापन समिति अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा र थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीको प्रमुख अतिथ्यतामा भएको हो । उक्त कार्यक्रममा वडा नम्बर ७ का वडाअध्क्ष किस्ने सार्की बिशिस्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा दुलै आधारभूत बिधालयका प्रधानाध्यापक कृष्णप्रसाद उपाध्यायले भुकम्पले बिधालय भत्किएपछि बिधार्थीलाई बस्ने ठाउँ नहुदा पठनपाठन गराउन साह्रै समस्या भएको थियोे बालमैत्री अस्थायी भवन बनेपछि पठनपाठन गराउन सहज भएको बताउनु भयो । कार्यक्रमको सञ्चालन भवानी मा.बि.का प्रधानाध्यापक शिवराज उपाध्यायले गर्नु भएको थियो ।
शुक्रबार नै थलारा गाउँपालिका वडा नम्बर ९ स्थित कालिका प्रा.बि.अफला र मष्टा प्रा.बि.आमबगरमा बनेका अस्थायी भवन पनि संयुक्तरूपमा कार्यक्रम गरि हस्तान्तरण गरिएका छन । भवन हस्तान्तरण कार्यक्रममा कालिका प्रा.बि अफलाका प्रअ गगन राज गिरीले टिआरसि भवन बनेपछि बिधालयमा पठनपाठन गराउन सहज भएको बताउदै सहयोगी संस्थालाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा युएमएन प्रगतिशील युवा समाज बिपदजोखिम परियोजना थलारा संयोजक छत्रराज जोशीले भवन निर्माण पश्चात् बिधालयलाई हस्तान्तरण गरिएको भन्दै दिगो रुपमा सञ्चालन गर्न अनुरोध गर्नु भयो । कालिका प्राबि अफलाका बिब्यस अध्यक्ष डवल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख अतिथ रहनु भएको थियोे भने युएमएन सृजना परियोजना कार्यक्रम अधिकृत कुबेन्द्र रोकाया,वडा न ९ का सचिव ज्ञान बहादुर बिष्ट लगायत अतिथि रहनु भएको थियो । कार्यक्रम मष्टा प्राबि प्रअ गोरख भण्डारीको सञ्चालनमा भएको थियोे ।
बिहिवार मात्रै परियोजनाले थलारा गाउँपालिका वडा नम्बर ३ स्थित भगवती आधारभूत बिधालय देवलबाज र नवादेउ प्राबि जामबजमा बनेका अस्थायी सिकाई केन्द्र हस्तान्तरण गरेको थियोे उक्त कार्यक्रममा थलारा गाउँपालिक अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती,थलारा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षतामा प्रकाश भण्डारी युएएन टिमलिडर मोहनचन्द्र भण्डारी लगायत अतिथि रहनु भएको थियोे ।