थलारा गाउँपालिका वडा नम्बर १ का एक जना वेवारिसे ब्यक्तिको उद्दार

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर १ का एक जना वेवारिसे ब्यक्तिको उद्दार गरिएको छ ।
बेवारिसे अवस्थामा वडा नम्बर १ को मोरायल बजारमा घुमिरहेका बौद्धिक अपांग तथा मानसि समस्या रहेका २५ वर्षीय दिपक राज जोशीको दलित सहयोग समाज मानसिक स्वास्थ्य परियोजनाको पहलमा उद्वार गरि आज मानव सेवा आश्रम धनगढी पठाईएको हो ।
८ वर्ष अघि आमा गुमाएका र बुबा भारत गएपछि दिपक  बेवारिसे भएका हुन । मानसिक तथा बौद्धिक अपांग भएका दिपक अरुको घर घर जाने कहिलेकाही बिधालयमा समेत जान थालेका थिए । उनलाई देखेर महिला तथा बालबालिका तर्सने गरेका वडा नम्बर १ का वडा सदस्य कमल बोहराले बताउनुभयो ।

1000010632


थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, अस्थायी प्रहरी पोष्ट बगाडाका प्रहरी सहायक हबल्दार उद्वबराम दमाई र दलित सहयोग समाज मानसिक स्वास्थ्य परियोजना कार्यक्रम संयाेजक
बिस्ना बमलगायतको रोहबरमा उनलाई मानव सेवा  आश्रम धनगढी पठाईको हो ।
उक्त ब्यक्ति बाटाे सडकमा घुमिरहने आक्रमक व्यवहार देखाउने गर्ने गरेकाथिए । घरमा बृद्व बाजे बज्यै मात्र भएकाेले घरमा बाधेर राख्ने गरेकाे भेटाएका थियाै परियाेजनाबाट उपचारकमलागी सहयाेग गर्दा पनि उहाकाे बुबाले नमानेर अरु कुनै बिकल्प नभएकाेले मानव सेवा आश्रम संग समन्वयन गरेर मानव सेवा आश्रम धनगढीमा पठाईएको दलित सहयोग समाज मानसिक स्वास्थ्य परियोजना कार्यक्रम अधिकृत बिस्ना बमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264