थलारा गाउँपालिका स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । भाद्र १९ गतेदेखि सुरु भएको दुई दिने समिक्षा गोष्ठी आज सम्पन्न भएको हो ।
गाउँपालिकाका ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूले गत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गरेका कार्यक्रम तथा सेवा प्रवाहको समीक्षा गर्न गोष्ठीको आयोजना गरिएको हो ।

1000010803


गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुई दिने गोष्ठी भाद्र १९ र २० गते सञ्चालन भएको थियो । थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक पदम बहादुर ओलीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएको भन्दै अझै राम्रो बनाउन स्वास्थ्य क्षेत्रलाई सवै भन्दा अग्रस्थानमा राखिने  बताउदै ईमानदारीका साथ सेवामा लाग्न स्वास्थ्य क्षेत्रका कर्मचारीलाई आग्रह गर्नु भयो ।
उपाध्यक्ष राम बहादुर खातीले स्रोत साधनको कमिले पालिकाले सोचे जस्तो उपब्धि हासिल गर्न नसकेको बताउदै बिगतका कमिकम्जोरी सुधारेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले अझै पनि स्वास्थ्य क्षेत्रका कतिपय सुचकहरु पछाडि देखिएको भन्दै पछाडि परेका सुचाङक सुधारका लागि स्वास्थ्यको पहुँच नपुगेका समुदायको घरघरमा गएर स्वास्थ्य सेवा दिनु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामीले दिगो लक्ष्यमा पुग्न १८ वटा सुचक रहेकाछन लक्ष्यमा पुग्न डाटालाई बिश्वसनिय बनाउन र आयुर्वेदिक र एलोपेथिक संगै जोडेर लैजान आवश्यक रहेको बताउनुभयो

1000010791


समीक्षा कार्यक्रममा ९ वटै वडामा रहेका स्वास्थ्य केन्द्र र ईकाईका प्रमुखहरूले आफ्नो स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य सुचकहरूको अवस्था, स्वास्थ्य संस्थाको विवरण, भौतिक अवस्था, मानव संशोधन, वार्षिक रूपमा देखा परेका प्रमुख स्वास्थ्य समस्याहरू, लगायतका विषयमा जानकारी गराएका थिए।
साथै आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य संस्थाको कार्य मुल्यांकन गरिएको छ जसमा कोईरालाकोट स्वास्थ्य चौकी उत्कृष्ट भएको छ द्वितीय दंगाजी स्वास्थ्य चौकीका र तृतीय मालुमेला स्वास्थ्य चौकी भएकाछन । सम्मानित हुने स्वास्थ्य संस्थाका प्रमुखलाई गाउँपालिका अध्यक्ष प्रकाश रोकाया , प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लाल बहादुर धामीले टीका, दोसल्ला,प्रमाण पत्र सहित सम्मान गर्नुभएको थियो
। थलारा गाउँपालिकामा ५ वटा स्वास्थ्य चौकी, ५ वटा आधारभूत स्वास्थ्य केन्द्र, १२  वटा गाउँघर क्लिनिक र १ आयुर्वेदिक औषधालय हेका छन् भने ४५ जना स्वयंसेवीका रहेका छन् ।

1000010795
1000010798
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206