२७ आश्विन २०८१, आईतवार
थलारा माध्यमिक बिधालय खोलीमा आत्महत्या रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
आत्महत्या रोकथाम बारे संवाद सुरु गरौं ; दृष्टिकोण बदलौं ”भन्ने नारा सहित
थलारा माध्यमिक बिधालय खोलीमा आत्महत्या रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवस २०२४ को अवसरमा दलित सहयोग समाज मानसिक स्वास्थ्य परियोजनाको आयोजनाम आत्महत्या रोकथाम सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
समाजमा घट्ने आत्महत्याका घटना न्युनिकरण गर्ने उद्देश्यले थलारा मा बि का कक्षा ११ र १२ का बिधार्थीसंग अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको दलित सहयोग समाज थलारा सहजकर्ता पुर्ण नेपालीले जानकारी दिनु भएको छ ।
कार्यक्रममा सहजिकरण गर्दै दलित सहयोग समाज मानसिक स्वास्थ्य परियोजना कार्यक्रम संयोजक बिस्ना बमले आत्महत्याको घटनामा व्यक्तिलाई मात्र दोष दिइन्छ । तर आत्महत्यामा व्यक्तिगत कारणमात्र नभई आर्थिक,सामाजिक, राजनीतिक र वातावरणीय तत्वहरुको पनि भूमिका रहन्छ भन्दै आत्महत्या प्रतिको यस्तो दृष्टिकोणलाई सकारात्मक तथा सम्वेदनशील रूपमा परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको थियो ।
साथै उनले आत्महत्या रोकथाम बारे घरपरिवार र समाजमा खुलेर छलफल गर्नुपर्ने, भावनालाई बुझि बिना पूर्वाग्रह सुन्ने र सहयो गपुर्याउन सके
आत्महत्याको सोच भएका व्यक्ति हरुलाई समयमा नै मनोसामाजिक सहायता प्रदान गर्नसके आत्महत्या रोकथाम गर्न सकिने धारणा राख्नु भएको थियो ।
थलारा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नर बहादुर खातीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय खोलीका इन्चार्ज राम सिह बिष्ट ,कोटभैरब स्वास्थ्य चौकी ईन्चार्ज भक्त राज पाण्डे,थलारा मा बि प्रअ शेर बहादुर चौहान लगायत शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो ।