२७ आश्विन २०८१, आईतवार
बझाङको चर्चित बिर्सती मेलामा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा द डेभुटी म:म स्पोर्ट्स टिम बन्यो विजेता
बिर्सती मेलामा आयोजित भलिबल प्रतियोगितामा पुरुष भलिबल प्रतियोगितामा द डेभुटी म:म स्पोर्ट्स टिम विजेता बनेको छ । आज भएको पुजारा सप्लायर्स स्पोर्ट्स टिम संगको फाईनल खेल जितेपछि डेभुटि स्पोर्ट्स टिमले प्रथम पुरस्कार नगद १ लाख ७५ हजार,९ सय २० ट्रफी मेडल जितेको हो ।
प्रतियोगितामा पुजारा स्पोर्ट्स टिम द्वितीय जयलक्ष्मी जनरल स्टोरको टीम तृतीय र केदार स्पोर्टस् क्लवले सान्त्वना पुरस्कार पाएको छ ।
त्यस्तै महिला भलिबल प्रतियोगितामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ को टोली विजेता बनेको छ। हिजो भएको फाइनल खेलमा जय मष्टा सपिङ्ग सेन्टर बझाङको टोलीलाई ३-१ ले हराउँदै शुक्लाफाटा विजेता भएको हो।
विजेता शुक्लाफाटाले नगद ५० हजार, ट्रफी मेडल जितेको छ। जय मष्टा सपिङ्ग सेन्टर बझाङ द्वितीय भएको छ ।
पुरुष भलिबलको फाईनल खेल भएसंगै बिसरती मेला २०८१ को आज समापन गरिएको छ ।बझाङको छबीस पाथीभेरा गाउँ पालिका र दुर्गाथली गाउँ पालिकाको मध्यबिन्दु बिसाउना चौरमा लाग्ने धार्मिक तथा सास्कृतिक बिसरती मेला
भदौ १९ गते सुरु भएको थियोे । दुर्गाथली गाउँ पालिका ७ का वडा अध्यक्ष तथा बिसरति मेला मुल आयोजक समितिका अध्यक्ष सुरज बहादुर दौल्यालको अध्यक्षता भएको कार्यक्रममा संबिधान सभा सदस्य जनक बहादुर बुढा प्रमुख अतिथि रहनु भएको थियो भने छविसपाथिभेरा गाउँपालिका अध्यक्ष वसन्त चलाउने दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, बिशिस्ट अतिथि र दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनक बहादुर दौल्याल विभिन्न वडाका वडा अध्यक्ष लगायत अतिथि रहनु भएको थियो ।
भलिबल प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार १ लाख ७५ हजार ९ सय २० द्वितीय लाई ७५ हजार ९ सय २० तृतीय लाई ३३ हजार ९ सय २० र सान्तोनालाई १० हजार ९ सय २० राखेको थियो ।
त्यस्तै महिला भलिबल तर्फ प्रथम लाई ५० हजार ९ सय २०, द्वितीय लाई २५ हजार ९ सय २० र तृतीय १२ हजार ९सय २० र सान्त्वना लाई ५ हजार ९सय २० पुरस्कार राखेको थियो ।
मेलामा देउडा प्रतियोगिता र सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
भदौ १९ गते धार्मिक पर्व सुरु भएर बाँठपालमा मन्दिरमा पुजा, डाेला लिएर च्याकाेट मन्दिरमा पुजा गर्ने गरिन्छ। २० गते मठमा पुजा गरि चाभाई खेल्ने र बिसाैना चाैरमा पुगेर ठुलाे देउडा लाग्छ।
२१ देखि २५ गतेसम्म भलिबल र सांस्कृतिक कार्यक्रम गरिएको थियाे।
सांस्कृतिक कार्यक्रम तर्फ देउडा गायक गायिकाकाे सहभागीता थियाे। गायक सुनिल नेपाली, गायिका गाैरी भट्टसहित स्थानीय कलाकारकाे प्रस्तुति रहेको थियाे।
कार्यक्रमको समापन गर्दै मेला मुल आयोजक समिति अध्यक्ष तथा दुर्गाथली गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरज बहादुर दौल्यालले मेलामा सहयोग पुर्याउने सवैलाई धन्यवाद दिनु भएको थियो ।