२७ आश्विन २०८१, आईतवार
थलारा गाउँपालिकाका भुकम्प पडितले टहरा निर्माणको दोस्रो किस्ता रकम अझै पाएनन
थलारा गाउँपालिकाका भुकम्प पडितले अझै दोस्रो किस्ताको रकम पाउन सकेका छैनन । टहरा निर्माण गरेको ६ महिना बितिसक्दा पनि दोस्रो किस्ताको रकम भक्तानी नहुदा भुकम्प पिडित मर्कामा परेका छन । बझाङका अन्य पालिकामा भुकम्प प्रभावितले निर्माण गरेका टहराको दोस्रो किस्ता भै सक्दा पनि प्रक्रियामा ढिलो हुदा थलारामा भने भुक्तानी हुन नसकेको हो ।
भुकम्प प्रभावितले समयमै टहरा निर्माण नगर्दा दोस्रो किस्ताका लागि रकम माग गर्न ढिलो भएको थलारा गाउँपालिका सुचना अधिकृत प्रकाश भण्डारीले बतानुभयो ।
रकम माग गर्दा सवै टहराको माग गर्नु पर्ने हो,कतिपयले समयमै टहरा निर्माण गरे पनि कतिपयले टहरा समयमै नबनाई दिदा बनेका टहराको निकासा समेत रोकिन पुगेको सुचना अधिकृत भण्डारीले बताउनुभयो भयो ।
हामीले दोस्रो किस्ता माग सहित कागजात पेश गरिसकेका छौ थलारा गाउँपालिका प्रबक्ता रबिन्द्र खाती भन्नुभयो अहिले गाउँ पालिकाको खातामा ११ लाख आएको छ प्रक्रिया मिलाएर भुकम्प प्रभावितको खातामा हालिने छ ।
२०८० असोज १६ गते बझाङको सदरमुकाम चैनपुर केन्द्र बिन्दु बनाएर गएको भुकम्पले थलारामा गाउँपालिकामा ७ सय ६० घरपरिवार प्रभावित भएका थिए ।
थलारा गाउँपालिका वडा न २ मा ६, वडा न ३ मा ४३, वडा न ४ मा २३, वडा न ५ मा ४३, वडा न ६ मा ४८, वडा न ७ मा १४८, वडा न ८ मा १४२ र वडा न ९ मा ३०७ गरि पालिका भरि ७ सय ६० भुकम्प पिडित परिवारले टहरा निर्माणका लागि पहिलो किस्ता बुझेका लेखा अधिकृत दिपक राज पाण्डेले बताउनु भयो । टहरा निर्माणका लागि पहिलो किस्ताको रकम बुझे पनि अझै ५० भन्दा बढीले टहरा निर्माण गरेकाछैनन । बास्तबिकता नबुझी टहरा निर्माणको पहिलो किस्ता दिएकाले पनि यो समस्या आएको देखिएको छ। सामान्य चर्कीएको घरलाई पनि टहरा निर्माणका लागि छनौट गरिदा पहिलो किस्ताको रकम लिएर टहरा निर्माण नगरी दिदा समस्या भएको हो ।
अहिलेसम्मको प्राप्त डाटा अनुसार वडा नम्बर २ का ४ जना, वडा नम्बर ४ का ६ जना, वडा नम्बर ६ का ८ जना, वडा नम्बर ८ का २२ परिवारले पहिलो किस्ता लिएर पनि अझै टहरा निर्माण नगरेका सुचना अधिकृत भण्डारीले जानकारी दिनु भयो ।