पहिरो झर्दा बझाङको जयपृथ्वी राजमार्ग अबरुद्ध

सेयर गरौं

बझाङको जयपृथ्वी राजमार्गमा  पहिरो झर्दा सडक अवरुद्ध भएको छ । बिहीबार बिहान पाँच बजेदेखि तमैल बजारनजिकै जालेबगरमा  पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहीबार बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरू रोकिएका छन् । सडक खुलाउन एक्स्काभेटर आएको तर, पहिरो झर्न नरोकिँदा खुलाउन समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314