बझाङमा तिनदिन देखि विद्युत अबरुद्ध

सेयर गरौं

बझाङमा तिनदिन देखि विद्युत अबरुद्र भएको छ ।
डडेलधुरा जोड्ने राष्ट्रिय प्रसारण लाइनअन्तर्गत डडेल्धुराको भालुमारे जंगलमा सल्लाको रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।

यसअघि तमैल नजिकैको भीरमा पहिरो खसेर तार च्यातिएर अवरुद्ध भएको विद्युत मर्मत गरिए पनि डडेलधुराको भालुमारे अविरल वर्षाका कारण ठूलो सल्लाको रुख ढल्न गइ दुई पोल ढलेर चारवटा पोलको तार च्यातिँदा विद्युत सेवा सुचारु गर्न समस्या भएको हो।

जंगलको बीचमा ठूलो रुख ढलेको र दुईवटा पोल व्यवस्थापन गरि तार जोड्न समय लाग्ने हुँदा आज विद्युत सुचारु हुने नहुने अन्योल बनेको वितरण केन्द्र बझाङका प्रमुख सुजन खड्काले बताए। उनका अनुसार पानी निरन्तर परिरहेकाले काम गर्न थप असहज भएको छ।
पानी नपरेमा सकभर आजै रातिसम्म विद्युत सुचारु गर्ने प्रयासमा आफूहरू रहने र पानी परे आज विद्युत सेवा सुचारु गर्न असम्भव रहेको वितरण केन्द्र प्रमुख खड्काले बताए। बझाङमा बिहीबार दिउँसोदेखि विद्युत नहुँदा सेवाग्राही मारमा परेका छन्। विद्युत अभावका कारण सञ्चार सेवा प्रभावित भएको छ भने सञ्चारमाध्यम, व्यापार व्यवसायीसँगै सर्वसाधारण मारमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
संवाददाता
संवाददाता
Articles: 1314