२७ आश्विन २०८१, आईतवार
पहिरो खस्दा अबरुद्ध रहेको जयपृथ्वी राजमार्ग सुचारु
पहिरो खस्दा अबरुद्ध रहेको जयपृथ्वी राजमार्ग खुलेको छ । बिहीबार बिहान पाँच बजेदेखि तमैल बजार नजिकै जालेबगरमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो । अबरुद्ध राजमार्ग हिजो ढुङगा झर्न रोकियपछि जयपृथ्वी नगरपालिका र केदारस्यु गाउपालिकाको जेसिबि लगायर पहिरो हटाय पछि आज बिहान बाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । राजमार्ग सुचारु गरीएको भएपनि लगातार पहिरो निरन्तर खसीरहेको जनाइएको छ । लगातार लेदो सहितको पहिरो खसीरहेकाले आवत जावत गर्न जोखिम नै रहेको भन्दै सचेत भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1