२७ आश्विन २०८१, आईतवार
थलारा गाउँपालिकामा तीन दिने बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न
थलारा गाउँपालिकामा तीन दिने बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न भएको छ ।युएमएनको आर्थिक सहयोग र दलित सहयोग समाजको साझेदारीमा सन्चालित मानसिक स्वास्थ्य परियोजनाको आयोजनामा आयआर्जनका लागी तीन दिने बाख्रा पालन तालिम मंगलबार सम्पन्न भएको हो ।
परियोजनाले थलारा गाउपालिकामा १ देखी वडा नं. ९ सम्मका १४ जना मानसिक समस्या भएका ब्यक्तिका घरपरिवारलाई आयआर्जनका लागी बाख्रा पालनमा सहयोग गरी तालिमको आयोजना गरेको दलित सहयोग समाज मानसिक स्वास्थ परियोजना कोडिनेटर बिस्ना बमले बताउनुभयो । भदौ ३० गते देखी सुरु भएको ३ दिनेतालिममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकाया प्रमुख अतिथि रहनु भएको थियो । दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बिकको अध्यक्षतामा भएको तालिममा थलारा गाउपालिका भेटनरी शाखा प्रमुख दिनेश प्रसाद भट्ट र चन्द्र बहादुर रोकाया ले सहजिकरण गर्नु भएको थियो । मानसिक स्वास्थ्य परियोजनाका कोडिनेटर बिस्ना बमले सन्चालन गर्नु भएको तालिममा १४ जना बाख्रा पालकको सहभागीता रहेको थियो ।