७ माघ २०८१, सोमबार
दुर्गाथली गाउँपालिकाले क्याम्पस स्थापना गर्ने
दुर्गाथली गाउँपालिकाले क्याम्पस स्थापना गर्ने भएको छ ।पालिका भित्र उच्च शिक्षा हासिल गर्ने क्याम्पस नभएको भन्दै पालिकामा एउटा क्याम्पस स्थापना गर्ने निर्णय गरेको हो ।
गाउँपालिका बासी जनसमुदायको बिगत लामो समय देखीको माग लाइ ख्याल राख्दै आज आम भेलाबाट पालिका एउटा क्यापस स्थापना गर्ने निर्णय गरिएको दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा तुफानले बताउनुभयो ।आज भएको आम भेलाले क्यापसको नाम दुर्गाथली क्याम्पस राख्ने निर्णय गरेको छ । साथै राजेन्द्र थापा संयोजकत्वमा ९ सदस्यीय सन्चालक समिती समेत गठन गरेको छ । समितिमा सहसह-सयोजक – महेस जोसी र सदस्य सचिव खगेन्द्र मिश्र रहनु भएको छ । क्याम्पस स्थापनामा सरोकार वाला सबैको साथ र सहयोग अपेक्षा गरेको अध्यक्ष थापाले बताउ भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1