२७ आश्विन २०८१, आईतवार
थलारा गाउँपालिकामा उधमि ब्यबसायिले कर्जा पाउने
थलारा गाउँपालिकामा उधमि ब्यबसायिले कर्जा पाउने भएकाछन ।थलारा गाउँपालिका उधम बिकास शाखा र प्रगतिशील युवा समाज सृजना परियोजनाको सहकार्यमा उधम ब्यबसाय गर्न चाहाने उधमीले कुमारी बैंक थलारा शाखाबाट कर्जा पाउने भएका हुन ।
शुक्रबार उधम शाखा र सृजना परियोजनाको समन्वयमा बैठक बसि लगानीको अभावमा उधमब्यबसाय सञ्चालन गरेका उधमी ,व्यावसायि र गर्न चाहाने युवालाई कुमारी बैंक मार्फत ऋण उपलब्ध गराउने सम्बन्धि छलफल भएको हो ।
बैठक माकर्जा उपलब्ध गराउदा गरिने प्रक्रिया र दिन सकिने ऋण सुबिधाका बारेमा छलफल भएको थियो । बैठकमा पालिका र परियोजनाको समन्वयमा उधमिलाई बैंकले नियमानुसार भ्यलुलेसनको अाधारमा ब्यबसायिक कर्जा दिन सकिने कुमारी बैंक शाखा प्रमुख रबिन्द्र ढुंगानाले बताउनु भएको थियो ।
बैठकमा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम बहादुर खाती,थलारा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खाती, उधम शाखा प्रमुख कबिन्द्र बिष्ट, कृषि शाखा ना प्र स बिनोद रावल, सिर्जना परियोजना कार्यक्रम अधिकृत बल बहादुर ओड, कुमारी बैंक थलारा शाखा प्रमुख रबिन्द्र ढुंगाना,कर्जा शाखा प्रमुख लगायत उपस्थित रहेको थलारा गाउँपालिका उधम बिकास शाखा प्रमुख कबिन्द्र बिष्टले जानकारी दिनु भएको छ ।साथै,कर्जा लिई स्थानिय स्तरमै स्वरोजगार बन्न पनि युवालाई अनुरो गरेको छ ।