थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पण्डितको बिदाई र नयाँ प्रमुख प्रशासकीय ढअधिकृत पाध्याको स्वागत ।

सेयर गरौं

थलारा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएकाछन । पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितको सरुवा भएसंगै प्रयाग राज पाध्या प्रमुख प्रशासकीय अधिकृत भएर आउनु भएको हो ।
२०७८ चैत ७ गते थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भएर आएका पण्डित जयपृथ्बी नगरपालिका सरुवा भएकाहुन ।
आईतवार थलारा गाउँपालिकाले सिद्वराज पण्डितका लागि फेरि भेटौला कार्यक्रम गरेर बिदाई गरेको छ भने नयाँ प्रशासकीय अधिकृत प्रयाग राज पाध्यायाको स्वागत गरेको छ ।

1000011611


कार्यक्रममा बोल्दै थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले मिलन बिछोड भन्दा पनि मुख्य कुरा कार्यक्षेत्रमा निभाएको भुमिका नै मुख्य हो भन्दै प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितको कार्यकालमा धेरै महत्त्वपूर्ण कार्य भएको बताउनुभयो । साथै उनले कार्यसम्पादन गर्ने क्रममा तितामिठा कुरा भए होलान त्यो सवै भुल्न भन्दै बाकि जागिरे जिवनको उत्तोरतर प्रगतिको कामना गर्नु भयो ।
त्यस्तै उपाध्यक्ष राम बहादुर खातीले काम गर्ने दौरानमा कुनै कम्जोरी भएका भए भुल्न र नयाँ कार्यक्षेत्रमा प्रगति गर्दै जानू होला भन्दै नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पाध्यालाई थलारा गाउँपालिकामा ईमानदार भएर कार्यगर्न सुझाव दिनुभयो ।

1000011612


कार्यक्रममा वडा नम्बर ६ वडा अध्यक्ष अनिल बिष्टले बिदाई भएर गएका प्रशासकीय अधिकृत पण्डित निडर निस्पकक्ष भएर कार्य गर्ने ब्यक्ति भएको उनी जस्तो ब्यक्तित बिरलै भेटिन्छ भन्दै विदाई भएर गएपनि थलाराको माया नमार्नु होला भन्नुभयो । सथै उनले नयाँ प्रशासकीय अधिकृत पाध्याको कार्यकालको शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशीले बिदाई भएर जाने प्रमुख प्रशासकीय अधिकृत पण्डितलाई जागिरे जीवनमा मिलन बिछोड भए पनि थलाराको उन्नति प्रगतिमा लागि रहन भन्दै नव नियुक्त कार्यकारी लाई निष्पक्ष भएर कार्य गर्न सुझाव दिनु भयो ।
थलारा गाउँपालिकाबाट जयपृथ्बी नगरपालिका सरुवा हुनु भएका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले आफुले कार्यकाल भरि ज्ञानसिपले भ्याएजति सेवा दिने प्रयास गरेको हो ।थलारा गाउँपालिकामा सहयोगी भावना भएका ब्यक्ति र कर्मचारी रहेकाले सेवा दिन सजिलो भएको बताउनुभयो। साथै उनले प्रशासकीय अधिकृतको जिम्मेवारी वाट हटेपनि थलारा आफ्नै जन्मथलो भएकोले थलारा प्रतिको माया रहिरहने बताउनुभयो ।
नबनियुक्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले आफ्नै जन्मभूमिमा सेवा गर्न पाउँदा गर्व लागेको छ भन्दै क्षमताले भ्याए सम्म निष्पक्ष भएर सवैको सल्लाह लिएर सेवा दिने प्रयास गर्ने बताउनुभयो ।
कार्यक्रम थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको थियो ।थलारा गाउँपालिका प्रशासन अधिकृत केशवराज ज‍ोशीको सञ्चालन रहेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित सफल प्रमुख प्रशासकीय अधिकृत भएको र उनको कार्यकालमा थलारा गाउँपालिकाका सुचाङकहरुमा राम्रो प्रगति भएको समीक्षा गरिएको थियो ।
कार्यक्रममा थलारा गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।सहभागीले खादा फुलमाला र अबिरले प्रमुख प्रशासकीय अधिकृतद्वयको बिदाई र स्वागत गरेका थिए ।

1000011559
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206